Credits

COMPOSITION & LYRICS
Neelam Angbuhang
Neelam Angbuhang
Songwriter

Lyrics

डाँडापाखा, छहराले तिम्रै गीत गाउँछ
छातीभित्र मुटु पनि तिमीलाई बोलाउँछ
हो, सताएर नजाऊ टाढा, हे माया
तिम्रै लागि म आएँ यो धर्तीमा
डाँडापाखा, छहराले तिम्रै गीत गाउँछ
(लैलै-लैलै, लैलै-लैलै)
(लैलै-लैलै, लै)
इन्द्रेणीको रङ्गमा पनि देख्छु तिम्रो छाया
हिमालझैँ सधैँ अटल तिम्रै चोखो माया
हो, इन्द्रेणीको रङ्गमा पनि देख्छु तिम्रो छाया
हिमालझैँ सधैँ अटल तिम्रै चोखो माया
आऊ अब गरूँ एउटा नछुट्टिने वाचा
जुनी-जुनी, सयौँ जुनी बस्छु तिम्रै साथ
डाँडापाखा, छहराले तिम्रै गीत गाउँछ
बिहानीको किरणसरि जीवनमा आयौ
अँधेरीमा रोएथ्यो मन, नयाँ लाली छायौ
हो, बिहानीको किरणसरि जीवनमा आयौ
अँधेरीमा रोएथ्यो मन, नयाँ लाली छायौ
जताततै देख्छु आज नयाँ-नयाँ रङ्ग
जुनी-जुनी, सयौँ जुनी हुन्छु तिमीसँग
डाँडापाखा, छहराले तिम्रै गीत गाउँछ
हो, छातीभित्र मुटु पनि तिमीलाई बोलाउँछ
हो, सताएर नजाऊ टाढा, ए माया
तिम्रै लागि म आएँ यो धर्तीमा
डाँडापाखा, छहराले तिम्रै गीत गाउँछ
(डाँडापाखा, छहराले तिम्रै गीत गाउँछ)
Written by: Neelam Angbuhang, Neelam Angbuhang Rai
instagramSharePathic_arrow_out

Loading...