Letra

पुरानो हुँदैन माया जुनी-जुनी लाए पनि
पुरानो हुँदैन माया जुनी-जुनी लाए पनि
बिर्सिँदैन मायाले माया चोटैचोट खाए पनि
पुरानो हुँदैन माया जुनी-जुनी लाए पनि
विश्वासमा हुन्न खोट कहिल्यै
हो, विश्वासमा हुन्न खोट कहिल्यै, कसी लगाउनुपर्दैन
आत्माको साक्षी आत्मा नै हुन्छ, दसी जुटाउनुपर्दैन
दसी जुटाउनुपर्दैन
बिरानो हुँदैन माया डाँडै काटी गए पनि
मन सधैँ मनसँग नै हुन्छ ज्यान टाढा भए पनि
पुरानो हुँदैन माया जुनी-जुनी लाए पनि
सहनलाई गाह्रो होला
ओ, सहनलाई गाह्रो होला बिछोडका केही दिन
हो, परन्तु माया सक्छ फेरि अर्को जुनी लिन
अर्को जुनी लिन
पुरानो हुँदैन माया जुनी-जुनी लाए पनि
पुरानो हुँदैन माया जुनी-जुनी लाए पनि
बिर्सिँदैन मायाले माया चोटैचोट खाए पनि
पुरानो हुँदैन माया जुनी-जुनी लाए पनि
Written by: Neelam Angbuhang Rai, Suresh Chandra Adhikari
instagramSharePathic_arrow_out

Loading...