क्रेडिट्स
PERFORMING ARTISTS
Ram Krishna Dhakal
Lead Vocals
COMPOSITION & LYRICS
Nhyoo Bajracharya
Composer
Kali Prasad Rijal
Lyrics
PRODUCTION & ENGINEERING
Music Nepal
Producer
गाने
रोएरै बसौँ कि? खरानी घसौँ कि?
रोएरै बसौँ कि? खरानी घसौँ कि?
छाडी जाने निर्मोही, भन्देऊ आफैले
छाडी जाने निर्मोही, भन्देऊ आफैले
कटारी धसौँ कि? भिरबाटै खसौँ कि?
कटारी धसौँ कि? भिरबाटै खसौँ कि?
छाडी जाने निर्मोही, भन्देऊ आफैले
छाडी जाने निर्मोही, भन्देऊ आफैले
तिम्रो लागि खेल भयो, म दुखीलाई फन्दा
जिन्दगानी गयो मेरो "तिमी, तिमी" भन्दा
तिम्रो लागि खेल भयो, म दुखीलाई फन्दा
जिन्दगानी गयो मेरो "तिमी, तिमी" भन्दा
नौलोनौलो माया पायौ, नयाँनयाँ साथी
नौलोनौलो माया पायौ, नयाँनयाँ साथी
कुल्चिएरै जाऊ अब मेरै छातीमाथि
मेरै छातीमाथि
लाहुरै पसौँ कि? घाँटी पो कसौँ कि?
लाहुरै पसौँ कि? घाँटी पो कसौँ कि?
छाडी जाने निर्मोही, भन्देऊ आफैले
छाडी जाने निर्मोही, भन्देऊ आफैले
ओठको हाँसो गैगो, बरै! मनको खुसी गयो
बेइमानीले छाडेर गई, घरै रित्तो भयो
ओठको हाँसो गैगो, बरै! मनको खुसी गयो
बेइमानीले छाडेर गई, घरै रित्तो भयो
"बिर्सुँ" भन्छु, सम्झना त आइरहन्छ झन्
"बिर्सुँ" भन्छु, सम्झना त आइरहन्छ झन्
रूप हेर्दा फूलको तर ढुङ्गो रैछ मन
ढुङ्गो रैछ मन
आगैमा जलौँ कि? पानीमा डुबौैँ कि?
आगैमा जलौँ कि? पानीमा डुबौैँ कि?
छाडी जाने निर्मोही, भन्देऊ आफैले
छाडी जाने निर्मोही, भन्देऊ आफैले
रोएरै बसौँ कि? खरानी घसौँ कि?
रोएरै बसौँ कि? खरानी घसौँ कि?
छाडी जाने निर्मोही, भन्देऊ आफैले
छाडी जाने निर्मोही, भन्देऊ आफैले
कटारी धसौँ कि? भिरबाटै खसौँ कि?
कटारी धसौँ कि? भिरबाटै खसौँ कि?
छाडी जाने निर्मोही, भन्देऊ आफैले
छाडी जाने निर्मोही, भन्देऊ आफैले
छाडी जाने निर्मोही, भन्देऊ आफैले
छाडी जाने निर्मोही, भन्देऊ आफैले
Written by: Kali Prasad Rijal, Nhyoo Bajracharya, Ramesh Chhitij

