가사
सुटुक्क आई मुटुमा मेरो पिरती लगायौ
विरहसित बसेको बेला मायाले बोलायौ, मलाई पिरती लगायौ
सुटुक्क आई मुटुमा मेरो पिरती लगायौ
विरहसित बसेको बेला मायाले बोलायौ, मलाई पिरती लगायौ
माला छ एउटा उनेको, हेर, पिरती मिलाई
हाँसखेल गरी मायाले बाँधी पीरलाई बिर्साई
माला छ एउटा उनेको, हेर, पिरती मिलाई
हाँसखेल गरी मायाले बाँधी पीरलाई बिर्साई
सुटुक्क आई मुटुमा मेरो पिरती लगायौ
विरहसित बसेको बेला मायाले बोलायौ, मलाई पिरती लगायौ
दुःख र सुख मायामा फुल्छ सन्ताप नलिई
चाहना मनका पुग्नेछन् सारा विश्वासमा बाँधिई
दुःख र सुख मायामा फुल्छ सन्ताप नलिई
चाहना मनका पुग्नेछन् सारा विश्वासमा बाँधिई
सुटुक्क आई मुटुमा मेरो पिरती लगायौ
विरहसित बसेको बेला मायाले बोलायौ, मलाई पिरती लगायौ
मलाई मायाले बोलायौ, मलाई पिरती लगायौ
Written by: Dinesh Adhikari, Meera Rana


