Letra
आँखामा आउने तस्वीर तिम्रो झिक्न पाए हुन्थ्यो
आँखामा आउने तस्वीर तिम्रो झिक्न पाए हुन्थ्यो
मुटु बिझाउने तिम्रो माया भुल्न पाए हुन्थ्यो, भुल्न पाए हुन्थ्यो
आँखामा आउने तस्वीर तिम्रो...
झन् पर जान्छु, झन् वर आउँछ, सम्झना गाढा भो
झन् पर जान्छु, झन् वर आउँछ, सम्झना गाढा भो
सहनै गाह्रो निष्ठुरी माया, मुटुको काँडा भो
मुटुको काँडा भो, माइली, मुटुको काँडा भो
मुटुको काँडा भो, माइली, मुटुको काँडा भो
सपनीमा आउने मूलबाटो तिम्रो बार्न पाए हुन्थ्यो
मुटु बिझाउने तिम्रो माया भुल्न पाए हुन्थ्यो, भुल्न पाए हुन्थ्यो
आँखामा आउने तस्वीर तिम्रो...
डाँडाको पानी बगेर गयो, ताल पऱ्यो गैरीलाई
डाँडाको पानी बगेर गयो, ताल पऱ्यो गैरीलाई
मनको राजा कसरी भनूँ मनैको वैरीलाई?
मनैको वैरीलाई, माइली, मनैको वैरीलाई
मनैको वैरीलाई, माइली, मनैको वैरीलाई
आँखामा आउने तस्वीर तिम्रो झिक्न पाए हुन्थ्यो
मुटु बिझाउने तिम्रो माया भुल्न पाए हुन्थ्यो, भुल्न पाए हुनथ्यो
भुल्न पाए हुन्थ्यो (भुल्न पाए हुन्थ्यो)
(भुल्न पाए हुन्थ्यो, भुल्न पाए हुन्थ्यो)
Written by: Neelam Angbuhang Rai, Suresh Chandra Adhikari


