Создатели

ИСПОЛНИТЕЛИ
Ram Krishna Dhakal
Ram Krishna Dhakal
Ведущий вокал
МУЗЫКА И СЛОВА
Shila Bahadur Moktan
Shila Bahadur Moktan
Композитор
Nawa Raj Lamsal
Nawa Raj Lamsal
Тексты песен
ПРОДЮСЕРЫ И ЗВУКОРЕЖИССЕРЫ
Music Nepal
Music Nepal
Продюсер

Слова

आफ्नो भाग्यभन्दा बढी समयको सीमा अघि
आफ्नो भाग्यभन्दा बढी समयको सीमा अघि
केही हुन्न, हुँदै हुन्न, नयाँ निधार फेरिँदैन
टाउकै फोरे पनि, हजुर
हो, टाउकै फोरे पनि, हजुर
के के गर्छु भन्यो, सोच्यो, धेरैधेरै रहर पाल्यो
के के गर्छु भन्यो, सोच्यो, धेरैधेरै रहर पाल्यो
आज "जे भो भैगो" भन्यो, भोलि फेरि दौड्न थाल्यो
पहाड जति चढे पनि...
पहाड जति चढे पनि मनको शिखर भेटिँदैन
ज्योतिषीलाई देखाए नि, नयाँ चिना लेखाए नि
हस्तरेखा फेरिँदैन हातै काटे पनि, हजुर
हो, हातै काटे पनि, हजुर
आफूलाई दुधैदुधले नुहाएको जस्तो ठान्यो
आफूलाई दुधैदुधले नुहाएको जस्तो ठान्यो
अरूलाई दुस्मन मान्यो, झुक्याएर छिर्की हान्यो
छल गरेर, बल गरेर...
छल गरेर, बल गरेर कुनै खुसी भेटिँदैन
मठमन्दिर धाए पनि, देउतै साथी भए पनि
भाग्य फेर्न सकिँदैन ज्यानै फेरे पनि, हजुर
हो, ज्यानै फेरे पनि, हजुर
आफ्नो भाग्यभन्दा बढी समयको सीमा अघि
आफ्नो भाग्यभन्दा बढी समयको सीमा अघि
केही हुन्न, हुँदै हुन्न, नयाँ निधार फेरिँदैन
टाउकै फोरे पनि, हजुर
हो, टाउकै फोरे पनि हजुर
हो, हातै काटे पनि, हजुर
हो, ज्यानै फेरे पनि, हजुर
Written by: Nawa Raj Lamsal, Shila Bahadur Moktan
instagramSharePathic_arrow_out

Loading...