album cover
Intro.Wav
1
Hip-Hop/Rap
Intro.Wav was released on December 21, 2019 by Trap Nepal as a part of the album Daud
album cover
AlbumDaud
Release DateDecember 21, 2019
LabelTrap Nepal
Melodicness
Acousticness
Valence
Danceability
Energy
BPM83

Credits

PERFORMING ARTISTS
Symfamous
Symfamous
Performer
COMPOSITION & LYRICS
Suraj Sagar Thapaliya
Suraj Sagar Thapaliya
Composer
PRODUCTION & ENGINEERING
BeatsByHype
BeatsByHype
Producer

Lyrics

जीवनको यात्रा कहाँ सुरु हुन्छ कहाँ अन्त्य
सबको आआफ्नै बाटो एउटै छ हाम्रो गन्तव्य
एक अर्कालाई उछिन्न पर्ने अनौठो होलबाजी
विचार किन हावी छ हामी सबैको बोधमाथि
ऐना अघि बस्दा आफैलाई चिन्न छाडीसकिस्
जितको पर्खाइमा अब हार मान्न थलिसकिस्
तेरो जीवन कसरी बाँच्ने अरूले भन्दिन्छ
तेरो जीवनको फैसला अरूले नै गर्दिन्छ
त्यसो भए मलाई तँ एउटा कुरा बुझा
तेरो भन्नलाई के नै रैछ त तेरो जीवनमा
आँखा बन्द गरी दिनरात कहाँ भाग्दै छस्?
अरूलाई पछ्याउँदा पछ्याउँदै बिस्तारै थाक्दैछस्
के गर्ने के नगर्ने तँ केही जन्दैनस्
डरपोक छस् आफ्नो आत्माको कुरा मन्दैनस्
दुनियाँमा तेरो छुट्टै पहिचान छैन
आफ्नो सपनलाई त्याग्नु कुनै बलिदान हैन
अरूले के भन्ला सोच्दै आदि जीवन वितीगो
आखिरमा तेरो यो दौड त रैछ बिना सिद्धिको
तेरो अनुहारमा तेरो नै रा सेता देखिन्छ
दुःख वरिपरि खुसीको ठेगाना भेट्दैनस्
वनको बागले हैन तँलाई मनको बागले खाँदैछ
आफ्नो परिस्थिती बद्ली अझै ढिला भाछैन
सायद तँलाई आफ्नो क्षमताको बारे थाहा छैन
तैंले चाहे यहाँ नहुने कुनै कुरा छैन
भूतकाल, भूतकालमा कोही फर्कन सक्छ?
सक्दैन, त्यस कारण भूतकाल अब तपाईंको लागि छ, छैन?
छ, छैन? (छैन)
छैन
त्यसो भए सक्यो
त्यो सक्यो
Written by: Suraj Sagar Thapaliya
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...