Lyrics
आज फेरि तिम्रो याद आयो
सम्झनाले आँखा रसायो
बिर्सिएको माया सलबलायो
मनभरि कालो बादल छायो
हातमाथि हात राखिदिने
छैन तिम्रा ती कोमल हातहरू
मन आत्तिएको बेला सम्हालिदिने
छैन तिम्रा सुरिला बातहरू
थाहै छैन कहाँ गल्ती भयो
नाता चोखो मनको टुटिगयो
अब म लड्दै छु, भुलाउन खोज्दै छु
अब म लड्दै छु, भुलाउन खोज्दै छु
तिम्रो याद सधैँलाई, सधैँलाई
हामी सँगै हुँदा जानी नजानी
तिम्रो चित्त मैले दुखाएँ होला
तिम्रो सानो-सानो भूलमा पनि
तिम्रो आँसु मैले बगाएँ होला
Mmm, भूल सम्झी तिमी माफी देऊ
काँडा सम्झी झिकी फ्याँकिदेऊ
तिमी मेरो यादहरूलाई, -हरूलाई
-हरूलाई, -हरूलाई
भूल सम्झी तिमी माफी देऊ
काँडा सम्झी झिकी फ्याँकिदेऊ
तिमी मेरो यादहरूलाई, -हरूलाई
Written by: Suman Thapa, Swoopna Suman