album cover
Mann Chari
1
Country
Mann Chari was released on January 29, 2026 by Naad Music Group as a part of the album Mann Chari - Single
album cover
Release DateJanuary 29, 2026
LabelNaad Music Group
Melodicness
Acousticness
Valence
Danceability
Energy
BPM76

Credits

Lyrics

कुहुकुहु गर्दै मलाई सुनाउने चरी
तिमीसँगै उडी जाने मन लाग्छ घरी-घरी
बहाना खोज्दै हिँडेको म घुम्दै वरिपरि
तितो-तितो संसारैदेखि टाढा डाँडापारि
मेरो आफ्नै मनपरी, मलाई लैजाऊ न, चरी
मलाई लैजाऊ न, चरी, मेरो आफ्नै मनपरी
मलाई लैजाऊ न, चरी, तिम्रो डाँडा टाढा-पारि
मेरो आफ्नै मनपरी, मेरो आफ्नै मनपरी
शब्दैमा लेख्ने हो कि?
तिमीलाई भाव नै पोख्ने हो कि?
हेराइले देख्ने हो कि?
तिमीलाई पछ्याउँदै भेट्ने हो कि?
कहिले हावाको त्यो वेगसँगै, हो
मन पनि खुल्ला आकाशझैँ भो
कहिले बादल लोरी सुनाउने
सिरिरिरी तरी जाने तालै, हो
ए, ओखती रहेछ तिम्रा रङ्ग थरीथरी
दुःखपीडा सबै बिर्साउने जादु छरीछरी
मेरो आफ्नै मनपरी, मलाई लैजाऊ न, चरी
मलाई लैजाऊ न, चरी, मेरो आफ्नै मनपरी
मलाई लैजाऊ न, चरी, तिम्रो डाँडा टाढा-पारि
मेरो आफ्नै मनपरी, मेरो आफ्नै मनपरी
रहेछन् हजारौँ अलमल रीत
भन्छन् मनले भनेकै ठीक
को ठीक? यहाँ त पल-पल अतीत
संसारै भुलेर, तिमी सँगैसँगै उडेर
संसारै भुलेर, तिमी सँगैसँगै उडेर
संसारै भुलेर, तिमी सँगैसँगै उडेर
संसारै भुलेर, तिमी सँगैसँगै उडेर
संसारै भुलेर, तिमी सँगैसँगै उडेर
संसारै भुलेर, तिमी सँगैसँगै उडेर
Written by: Sushant Ghimire
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...