album cover
Bandhi
15
Hip-Hop/Rap
Bandhi was released on April 24, 2020 by 1207442 Records DK as a part of the album Bandhi - Single
album cover
Release DateApril 24, 2020
Label1207442 Records DK
LanguageEnglish
Melodicness
Acousticness
Valence
Danceability
Energy
BPM100

Credits

COMPOSITION & LYRICS
Diwas Budhathoki
Diwas Budhathoki
Songwriter

Lyrics

के खुल्ला छौ र हामी? के हतकडी को आदि?
के खुल्ला छ र जमिन? के बन्धी धर्तिवासी?
बुढेसकाल, बालापन बन्द कैदी हो जवानी
म सामाजिक हुदिन राख्दा खुल्ला सोच्ने बानी
के खुल्ला छौ र हामी? के हतकडी को आदि?
के खुल्ला छ र जमिन? के बन्धी धर्तिवासी?
बुढेसकाल, बालापन बन्द कैदी हो जवानी
म सामाजिक हुदिन राख्दा खुल्ला सोच्ने बानी
त्यो क्षितिज हेर्दै गन्दै ती भा'का ताराहरु
कोशिस गर्दै हाम्फाल्न पर्खाल झै बाधाहरु
छ हरेक बिरुवाको आकाश छुने आशाहरु
कैदी बनाउछन जराले दिन्छ निराशा बरु
रुख बनेर सुकेर ती हागा बञ्जर हुन्जेल
सबै पातहरु जहिलेपनी सपनालाई बुन्थे
बढिराको कद, नया उचाई कति छुन्थे
तर अझै पर लाग्ने दुरिजती कम हुन्थे
शिशिरको बतास खुल्थे एक मीठो आभास
म यो पेडि काट्न तयार हुनलाई आजाद
तर हात दिई हात फुल फक्राउने ठाउँ
आफ्नै जराहरुलाई कसरी चोट पुगाउ?
जहाँ राखेको छु मैले धुलो माटो पाउ
मेरो इतिहासलाई कसरी बाझो बनाउ?
यी जरा काटेपछी सायद दुख्नेछन घाउ
तर धर्तिमै बसेर कसरी आकाश समाउ
के खुल्ला छौ र हामी? के हतकडी को आदि?
के खुल्ला छ र जमिन? के बन्धी धर्तिवासी?
बुढेसकाल, बालापन बन्द कैदी हो जवानी
म सामाजिक हुदिन राख्दा खुल्ला सोच्ने बानी
के खुल्ला छौ र हामी? के हतकडी को आदि?
के खुल्ला छ र जमिन? के बन्धी धर्तिवासी?
बुढेसकाल, बालापन बन्द कैदी हो जवानी
म सामाजिक हुदिन राख्दा खुल्ला सोच्ने बानी
मेरो बीउ जसले रोप्यो, मल पानी हालिदियो
बर्षातको बेला मलाई घाम जसले दियो
असिना पर्दा माथी छाना थपिदियो
हावा, आधिले ठेल्दा सहारा बनिदियो
मैले हिड्न खोज्दाखेरी जरा बनेछन ती
पक्रिरहेर बसे मजबुत सम्बन्ध बनी
म कति बौलाए, कराए उड्नु छ भनी
तर बुझ्दैनन सपना मर्यादाका धनी
कति मौसम पनि पाए, कति साल पनि भए
मलाई साथ दिने माटो ढलान बन्दै गए
धेरै हातहरुले मासु छल्दै लगे
एक-एक गर्दै हागा सबको पेट भर्न जल्दै मरे
इतिहास नहेरी सायद जरा भुले होला
फल पाउन नसकेनी फुल फुले होला
त्यही नि खोजे आकाश, पाउ जमिनमै रहेपनी
बिर्से बेडिनै हो सिक्री सुनकै भएपनी
के खुल्ला छौ र हामी? के हतकडी को आदि?
के खुल्ला छ र जमिन? के बन्धी धर्तिवासी?
बुढेसकाल, बालापन बन्द कैदी हो जवानी
म सामाजिक हुदिन राख्दा खुल्ला सोच्ने बानी
के खुल्ला छौ र हामी? के हतकडी को आदि?
के खुल्ला छ र जमिन? के बन्धी धर्तिवासी?
बुढेसकाल, बालापन बन्द कैदी हो जवानी
म सामाजिक हुदिन राख्दा खुल्ला सोच्ने बानी
हरेक आएका ऋतुले सिकाउदै गए बाच्न
हिउदले कठोर वसन्त बुझाउदै हास्न
बर्षा हुदा रोए खडेरीमा चुप लाग्न
अनि आधिहुरी बाट सिके अप्ठेरोलाई काट्न
जति चिसो खादै गए त्यति जरा भए लुला
अनि आश तर भयो पार्न सपनालाई पुरा
उठ्न सक्छु कि पाउ जमिनमा नहुदा
कस्तो हुन्छ होला एकचोटी आकाश मैले छुदा
भनि काटे फेद केवल उड्नलाई मात्र
माथी पुगेपछी बुझे यहाँ सबै भैराख्छ
एक्लै कति बस्ने होला सुक्दै जाँदै छ आशा त
जब जराले त्याग्छ, आकाश धर्तिमै लाग्छ
मैले बुझे के खास छ जब सम्बन्ध रेटियो
अस्तित्व नै त्यागेसी खै के भविष्य देखियो?
शिखरमा कोहि छैन मात्र एक्लोपन भेटियो
आकाशबाट मुनि हेर्दा जमिनमै स्वर्ग देखियो
के खुल्ला छौ र हामी? के हतकडी को आदि?
के खुल्ला छ र जमिन? के बन्धी धर्तिवासी?
बुढेसकाल, बालापन बन्द कैदी हो जवानी
म सामाजिक हुदिन राख्दा खुल्ला सोच्ने बानी
के खुल्ला छौ र हामी? के हतकडी को आदि?
के खुल्ला छ र जमिन? के बन्धी धर्तिवासी?
बुढेसकाल, बालापन बन्द कैदी हो जवानी
म सामाजिक हुदिन राख्दा खुल्ला सोच्ने बानी
Written by: Diwas Budhathoki
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...