制作
出演艺人
Anju Panta
表演者
Hemant Moktan
表演者
作曲和作词
Beni Madhav Bhattarai
词曲作者
歌词
पलपल तिम्रै याद आइदिन्छ
हर साँझ, हर प्रहर तिम्रै साथ खोज्छ
बिर्सनलाई खोजे पनि
तर याद आइदिन्छ
तर याद आइदिन्छ
खुसीमा दुःखमा, हाँसोमा रोदनमा
तिमीलाई मुटु भित्र सझाए थिएँ
हो, मिलनमा बिछोडमा, हारमा जितमा
तिमीलाई आफ्नो बनाए थिएँ
हर ढुकढुकीमा तिम्रै चाल छ
हर साससासमा तिम्रै प्राण छ
बिर्सनलाई खोजे पनि
तर याद आइदिन्छ
तर याद आइदिन्छ
तिमीलाई भुलेर, तिमीलाई गुमाए
अब म बाँच्न सक्दिन
हो, तिमीले चुमेको, तिमीले सुम्पेको
ति दिनहरू अब म भुल्दिन
हर फूलहरूमा तिम्रै सुबास छ
हर धुनहरूमा तिम्रै आभास छ
बिर्सनलाई खोजे पनि
तर याद आइदिन्छ
तर याद आइदिन्छ
Written by: Beni Madhav Bhattarai

