積分
演出藝人
Ram Krishna Dhakal
演出者
詞曲
Sushil Biswokarma
作曲
Krishna Hari Baral
作詞
歌詞
पर्खी बस तिम्रै आफ्नो छायाँ बनी आउँछु
पर्खी बस तिम्रै आफ्नो छायाँ बनी आउँछु
सत्य सत्य आउँछु म माया बनी आउँछु
सत्य सत्य आउँछु म माया बनी आउँछु
पर्खी बस तिम्रै आफ्नो छायाँ बनी आउँछु
तिम्रै लागि इन्द्रेणीको माला उनेको छु
तिम्रै लागि इन्द्रेणीको माला उनेको छु
तारा जडित आकाशे यो घुम्टो बुनेको छु
घुम्टो बुनेको छु
दिन भई खेल्छु सँगै रात भई निदाउँछु
दिन भई खेल्छु सँगै रात भई निदाउँछु
सत्य सत्य आउँछु म माया बनी आउँछु
सत्य सत्य आउँछु म माया बनी आउँछु
पर्खी बस तिम्रै आफ्नो छायाँ बनी आउँछु
अँध्येरीको गाजल र बिहानीको लाली
अँध्येरीको गाजल र बिहानीको लाली
पूर्णिमाको जून ल्याउँछु हुन्न केश खाली
हुन्न केश खाली
बिहानी भई पर्ख तिमी घाम भई उदाउँछु
बिहानी भई पर्ख तिमी घाम भई उदाउँछु
सत्य सत्य आउँछु म माया बनी आउँछु
सत्य सत्य आउँछु म माया बनी आउँछु
पर्खी बस तिम्रै आफ्नो छायाँ बनी आउँछु
Written by: Krishna Hari Baral, Sushil Biswokarma

