Hudební video
Hudební video
Kredity
COMPOSITION & LYRICS
Ishan Raj Onta
Songwriter
PRODUCTION & ENGINEERING
The Elements
Producer
Texty
छोडिदेऊ सबै बन्धन
च्यातिदेऊ पुराना पाना
अगि फर्क, पाइला मेटिदेऊ
मेरो हात लेऊ, नजर फेरिदेऊ
ओइलिएको फूललाई घामले छुन्न
नमीठो सपना हो सोचिदेऊ न
तिमीले चाहेको खुशी लेराइदिन्छु
हराएको हाँसो खोजिदिन्छु म
हाँसिदेऊ, आशाले बोलायो
देखाउँदै छु, हेर्न खोजिदेऊ
नडराऊ, अँध्यारो हरायो
बिर्सिदेऊ पुराना यादहरू
सबै कथाको अन्त्य खुशी हुन्न
थाहा छ, रित्तिएको मुटु छिटै भरिँदैन
ओइलिएको फूललाई घामले छुन्न
तर नमीठो सपना हो सोचिदेऊ न
तिमीले चाहेको खुशी लेराइदिन्छु
हराएको हाँसो खोजिदिन्छु म
ओइलिएको फूललाई घामले छुन्न
नमीठो सपना हो सोचिदेऊ न
तिमीले चाहेको खुशी लेराइदिन्छु
हराएको हाँसो खोजिदिन्छु म
Written by: Ishan Raj Onta