Texty

खोजेर यहाँ पाइन्न माया पहिलो जस्तै कल्पनाकै संसारमा भेटौँ हामी दुई भोलि फेरि भेट होला या नहोला दिनहरू गन्दै बसिरहेको छु म आऊ तिमी यो जिन्दगीमा सँगै बाँचौँला यो समयमा नजिकिने प्रयासहरूमा अँगालोमै बाँधिराखौँला तिमीलाई मः, तिमीलाई म निःशब्द छु म तिम्रै अगाडि, के भनूँ, खै! भएजति सबै आँखाहरूले भन्दैछन् है सपनी सधैँ आइरहन्छ तिम्रै मलाई बिपनीमा भने साह्रै नै सताइरहन्छ बोली सबै गुम्सिएर बसिरहेछ मनभित्र लेखिरहेछु यो गीत तिम्रै प्रतीक्षामै म त समयको पर्वाह छैन, मात्र तिमी आइदेऊ न बसौँला हामी सँगै यो गीत गाई रमाएर ना-ना-ना-ना-ना-ना-ना-ना आऊ तिमी यो जिन्दगीमा सँगै बाँचौँला यो समयमा नजिकिने प्रयासहरूमा अँगालोमै बाँधिराखौँला तिमीलाई मः, तिमीलाई मः तिमीलाई म, तिमीलाई म
Writer(s): Foeseal, Prabesh Kumar Shrestha Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out