Songtexte

यो सम्झिने मन छ, म बिर्सूँ कसोरी? तिमी नै भनिदेऊ, ए जाने निठुरी यो सम्झिने मन छ, म बिर्सूँ कसोरी? तिमी नै भनिदेऊ, ए जाने निठुरी यी औँला तिनै हुन् तिमीले चुमेका परेली यिनै हुन् तिमीले पुछेका यी औँला तिनै हुन् तिमीले चुमेका परेली यिनै हुन् तिमीले पुछेका म सक्दिन आफ्नै प्रतिविम्ब छोप्न म सक्दिन छाती फुटाएर जोड्न यो सम्झिने मन छ, म बिर्सूँ कसोरी? तिमी नै भनिदेऊ, ए जाने निठुरी पखाले यी आँखा पनि दृश्य उही छ जहाँ नै म हिँडे पनि धर्ती उही छ पखाले यी आँखा पनि दृश्य उही छ जहाँ नै म हिँडे पनि धर्ती उही छ न सक्छु म आकाश चिथोरेर फेर्न न सक्छु म जूनको उज्यालो नै छेक्न यो सम्झिने मन छ, म बिर्सूँ कसोरी? तिमी नै भनिदेऊ, ए जाने निठुरी
Writer(s): Dinesh Adhikari Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out