Lyrics
सिरिरी हावासँगै हाम्रो यो वेग बग्दै छ
मायाका कुरा बढ्दै छन्, आशाका किरणहरू पनि
आऊ न, सम्झाऊ यो मनलाई
बुझ्दैन मायाका यी कुरा
बुझाइदेऊ सुस्तरी यो मनलाई
मायाले बोलाएर
हाँसिराख तिमी, म पनि हाँसिराखौँला
टाढैबाट हेरी तिमीसँग माया गाँसौँला
माया, माया, माया
माया, माया, माया
हराएको मायाको खोजी गर्दा यो माया मारिसकेछु
हाँसिराखेको अभिनय यो कतिन्जेल गर्नु?
अब भावनाहरू त मात्र बाँकी छ है
कल्पनामा कल्पित संसार साक्षी छ है
हाँसिराख, माया, तिम्लाई हँसाइराखुँला
रुने भए मायालुलाई फकाई बसुँला
आऊ न, सम्झाऊ यो मनलाई
बुझ्दैन मायाका यी कुरा
बुझाइदेऊ सुस्तरी यो मनलाई
मायाले बोलाएर
Written by: ShreeGo

