Créditos

ARTISTAS INTÉRPRETES
Sugam Pokharel
Sugam Pokharel
Intérprete
COMPOSICIÓN Y LETRA
Sugam Pokharel
Sugam Pokharel
Autoría
Prabha Adhikari
Prabha Adhikari
Autoría

Letra

मीठो हाँसो हाँस्नै छोड्यौँ, मीठो माया गाँस्नै छोड्यौँ
आफ्नै घरको छानामुनि मीठो निन्द्रा सुत्नै छोड्यौँ
के भो, के भो हामीलाई?
जित्दा खुशी हुनै छोड्यौँ, हार्दा पनि रुनै छोड्यौँ
मीठो हाँसो हाँस्नै छोड्यौँ, मीठो माया गाँस्नै छोड्यौँ
घरबाट हिँड्दा लाग्छ भरे फेरि फर्किन्न कि?
साँझ भेट्या साथीभाइ भोलि फेरि भेटिन्न कि?
सुख-शान्ति, मनको चैन बलि चढ्न थाल्यो
खुशी छिर्ने ढोकाभित्र कसले चुकुल हाल्यो?
के भो, के भो हामीलाई?
बोल्दा मन खोल्नै छोड्यौँ, दुःख-सुख बाँड्नै छोड्यौँ
सुख-शान्ति, मनको चैन बलि चढ्न थाल्यो
खुशी छिर्ने ढोकाभित्र कसले चुकुल हाल्यो?
के भो, के भो हामीलाई?
बोल्दा मन खोल्नै छोड्यौँ, दुःख-सुख बाँड्नै छोड्यौँ
मीठो हाँसो हाँस्नै छोड्यौँ, मीठो माया गाँस्नै छोड्यौँ
आफ्नै घरको छानामुनि मीठो निन्द्रा सुत्नै छोड्यौँ
के भो, के भो हामीलाई?
जित्दा खुशी हुनै छोड्यौँ, हार्दा पनि रुनै छोड्यौँ
Written by: Prabha Adhikari, Sugam Pokharel
instagramSharePathic_arrow_out

Loading...