Clip vidéo
Clip vidéo
Crédits
INTERPRÉTATION
Sugam Pokharel
Interprète
COMPOSITION ET PAROLES
Sugam Pokharel
Paroles/Composition
Ghamaraj Luintel
Paroles/Composition
Paroles
तिमी टाढा गयौ, धेरै टाढा गयौ
जति वर थियौ, त्यति पर भयौ
मेरा दुवै आँखाबाट निख्रिएरै गयौ
तर मनै त हो, यो मनै त हो
तिम्रो माया सधैँ मलाई लागिरहन्छ
तिमी फूल बनेर फुलेकै थियौ
मेरो सानो बगैँचामा भुलेकै थियौ
तिमी फूल बनेर फुलेकै थियौ
मेरो सानो बगैँचामा भुलेकै थियौ
तिमी मलाई लत्त्याएर छोडी गयौ
तर मनै त हो, यो मनै त हो
तिम्रो माया सधैँ मलाई लागिरहन्छ
तिम्रा लागि यता एकादेश भयो
उतै तिम्रो रङ्गीन संसार बन्यो
तिम्रा लागि यता एकादेश भयो
उतै तिम्रो रङ्गीन संसार बन्यो
सबै कुरा बिर्सिएर छोडी गयौ
तर मनै त हो, यो मनै त हो
तिम्रो माया सधैँ मलाई लागिरहन्छ
तिमी टाढा गयौ, धेरै टाढा गयौ
जति वर थियौ, त्यति पर भयौ
मेरा दुवै आँखाबाट निख्रिएरै गयौ
तर मनै त हो, यो मनै त हो
तिम्रो माया सधैँ मलाई लागिरहन्छ
Written by: Ghamaraj Luintel, Sugam Pokharel


