Paroles

मेरो आफ्नै शरीरको भारले थुप्रिएका मेरा विचारले कहिलेकाहीँ म नै म नहुँदा किन बस्यौ खै कुन्नि मेरो बगलमा तिमी बेला-बेलामा हरेस खाँदा म छातीमा मेरो पहिरो जाँदा यो माया मेरो मनैमा नहुँदा कसरी बस्यौ राखी माया तिम्रो मनमा? फर्काई ल्याउँछौ जमिनमा वेदनामा बगी गाको मेरो मन तिमी नहुँदो हौ त कहाँ हुन्थेँ र म? मरिजान्थेँ नि यसै म त मरिजान्थेँ नि यसै म त फितलो मेरो आवाज भई जाँदा साँझले मेरो उजेली लैजाँदा बिहानी फेरि नफर्कुन्जेलसम्म कसरी बस्यौ राखी धैर्य तिम्रो मनमा? धेरै त हैन, मन बलियो छैन तर मनमा छ मेरो जाँगर अझै वर्षौँ लागे नि यो बर्सिने खुसी बर्सँदा रमाउँला म तिमीसँगै धेरै त हैन, मन बलियो छैन तर मनमा छ मेरो जाँगर अझै वर्षौँ लागे नि यो बर्सिने खुसी बर्सँदा रमाउँला म तिमीसँगै
Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out