गाने

आकाशैमा नौलाखे तारा तारालाई ढाक्ने कालो त्यो बादल बादल छिचोली आउनेछु म त लिन तिमीलाई मेरो यो साथ आऊ न मसँग उडेर हेर आऊ न मसँग उडेर हेर जूनैको नजिक दिनेछु तिमीलाई अजम्बरी माया आँखैमा राखेर सजाउनेछु मेरो मुटुको माझ अँगालो खोलेर तिमी थामिदेऊ हात, नछोड साथ बोलिदेऊ मायाका दुई मीठा बात आऊ न आऊ मसँग गाऊ आँखा उघारी हेर मलाई तिम्रो नजिकै छु नि, मुटुमै राख अँगाल मलाई, तिम्रै म हुँ नि म तिम्रो हुँ छु नि म तिम्रो, ooh, ooh Mm, आधी-निदाएका आँखाले तिम्रो निन्द्रमा हेरेर सुनिरहन्छाै गीत यो मेरो मुसुक्क हाँसेर परेली तिम्रो झिमझिम गर्छौ हातले मेरो औँला समाउँछाै नजिकै आऊ, मलाई समाऊ चिसो छ मुटु, न्यानो बनाई तिम्रो साथैमै राख, जान नदेऊ सम्हाल मलाई तिम्रै म हुँ नि म तिम्रो हुँ छु नि म तिम्रो, ooh, ooh रात यो कटेर जाला साथ यो छुटेर जाला हात त्यो दिनेछौ सधैँ आशा बोकी हिँडिरहनेछु सधैँलाई आकाशैमा नौलाखे तारा
Writer(s): Firoj Bajracharya, Suman Thapa, Swoopna Suman Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out