क्रेडिट्स

PERFORMING ARTISTS
Satyaraj Acharya
Satyaraj Acharya
Lead Vocals
COMPOSITION & LYRICS
Raju Singh
Raju Singh
Composer
Raman Ghimire
Raman Ghimire
Lyrics

गाने

बिग्रिऊँ जस्तो लाग्छ कहिले
भत्किहालूँ जस्तो कहिले
मन छैन एकरत्ती राम्रो मान्छे हुन अहिले
बिग्रिऊँ जस्तो लाग्छ कहिले
प्रशंसाको माला गाँस्लान्, मीठामीठा बयान गर्लान्
मीठामीठा बयान गर्लान्
प्रशंसाको माला गाँस्लान्, मीठामीठा बयान गर्लान्
मीठामीठा बयान गर्लान्
शब्दकोषै रित्त्याएर मलाई असल मान्छे भन्लान्
असल मान्छे भन्लान्
मोह छैन तर कत्ति सर्वमान्य हुन अहिले
मन छैन एकरत्ती राम्रो मान्छे हुन अहिले
बिग्रिऊँ जस्तो लाग्छ कहिले
खालि मेरै गीत गाउलान्, मेरै कथा सुनाउलान्
मेरै कथा सुनाउलान्
खालि मेरै गीत गाउलान्, मेरै कथा सुनाउलान्
मेरै कथा सुनाउलान्
खालि मेरै नाम कुँदेर सत्तल, पाटी बनाउलान्
सत्तल, पाटी बनाउलान्
रहर छैन तर यत्ति सबको प्यारो हुन अहिले
मन छैन एकरत्ती राम्रो मान्छे हुन अहिले
बिग्रिऊँ जस्तो लाग्छ कहिले
Written by: Raju Singh, Raman Ghimire
instagramSharePathic_arrow_out

Loading...