Dari

PERFORMING ARTISTS
Shiva Pariyar
Shiva Pariyar
Keyboards
COMPOSITION & LYRICS
Shiva Pariyar
Shiva Pariyar
Songwriter
PRODUCTION & ENGINEERING
Shiva Pariyar
Shiva Pariyar
Engineer

Lirik

फेवातालमा, साइँली, डुङ्गा सलल
सम्झनामा तिम्रो तस्बिर झलल
सेती नदी, साइँली, बग्यो सलल
सम्झनामा तिम्रो तस्बिर झलल
सम्झनामा तिम्रो तस्बिर झलल
बाँसैको सोइसोइ नुगेर आयो चरीले टेकेर
ओ, बाँसैको सोइसोइ नुगेर आयो चरीले टेकेर
म घुम्दै आको यो नौलो ठाउँमा मायालाई देखेर
म घुम्दै आको यो नौलो ठाउँमा मायालाई देखेर
लाइदेऊ माया, साइँली, दिलै खोलेर
मनको माया, साइँली, मुखैले बोलेर
पीपलु बोटमा चखेवा जोडी मिलेर बसेको
ओ, पीपलु बोटमा चखेवा जोडी मिलेर बसेको
तिम्रो र मेरो जोडीलाई, सत्य, दैवले रचेको
तिम्रो र मेरो जोडीलाई, सत्य, दैवले रचेको
खाइदेऊ कसम, साइँली, बाराही भाकेर
चोखो प्रीति, साइँली, जुनीभर साँचेर
फेवातालमा, साइँली, डुङ्गा सलल
सम्झनामा तिम्रो तस्बिर झलल
सम्झनामा तिम्रो तस्बिर झलल
सम्झनामा तिम्रो तस्बिर झलल
सम्झनामा तिम्रो तस्बिर झलल
Written by: Shiva Pariyar
instagramSharePathic_arrow_out

Loading...