Dari
PERFORMING ARTISTS
Bhakta Raj Acharya
Lead Vocals
COMPOSITION & LYRICS
Shiva Shankar
Composer
Ratna Samsher Thapa
Lyrics
PRODUCTION & ENGINEERING
Music Nepal
Producer
Lirik
छल्किरहेछ जूनको प्रीत गुराँसको आँखा-आँखामा
गुञ्जिरहेछ
गुञ्जिरहेछ फूलको गीत बतासको भाका-भाकामा
छल्किरहेछ...
मनमा नाना तरङ्ग लिएर, सुस्केरा त्यो सासमा
मनमा नाना तरङ्ग लिएर, सुस्केरा त्यो सासमा
आँसुका दाना चुपचाप पिएर, वसन्त यो आसमा
खोजिरहेछ
खोजिरहेछ मनको मीत निर्जन यी पाखा-पाखामा
छल्किरहेछ...
बोलाएको हो कि मुटुमा मेरो हलचल जगाई रातमा
बोलाएको हो कि मुटुमा मेरो हलचल जगाई रातमा
लोलाएको हो कि मायामा मेरो यो पल लजाई साथमा
अल्झिरहेछ
अल्झिरहेछ त्यो अतीत आज छाया-दोछायामा
छल्किरहेछ
छल्किरहेछ जूनको प्रीत गुराँसको आँखा-आँखामा
छल्किरहेछ...
Written by: Ratna Samsher Thapa, Shiva Shankar