Crediti
PERFORMING ARTISTS
Hemant Moktan
Performer
COMPOSITION & LYRICS
Beni Madhav Bhattarai
Songwriter
Testi
पलपल तिम्रै याद आइदिन्छ
हर साँझ, हर प्रहर तिम्रै साथ खोज्छ
बिर्सनलाई खोजे पनि
तर याद आइदिन्छ
तर याद आइदिन्छ
खुसीमा, दुःखमा, हाँसोमा, रोदनमा
तिमीलाई मुटुभित्र सजाएथेँ
हो, मिलनमा, बिछोडमा, हारमा, जितमा
तिमीलाई आफ्नो बनाएथेँ
हर ढुकढुकीमा तिम्रै चाल छ
हर सास-सासमा तिम्रै प्राण छ
बिर्सनलाई खोजे पनि
तर याद आइदिन्छ
तर याद आइदिन्छ
तिमीलाई भुलेर तिमीलाई गुमाए
अब म बाँच्न सक्दिनँ
हो, तिमीले चुमेका, तिमीले सुम्पेका
ती दिनहरू अब म भुल्दिनँ
हर फूलहरूमा तिम्रै सुवास छ
हर धुनहरूमा तिम्रै आभास छ
बिर्सनलाई खोजे पनि
तर याद आइदिन्छ
तर याद आइदिन्छ
Written by: Beni Madhav Bhattarai