album cover
Maya
album cover
Maya è stato pubblicato il 3 agosto 2019 da This is 5:55 come parte dell'album Jay Shamboo - EP
3 agosto 2019
EtichettaThis is 5:55
LinguaEnglish
BPM75
Melodicità
Acousticità
Valence
Ballabilità
Energia

Video musicale

Video musicale

Testi

बुझ्छु तिम्रो कुरा गाह्रो हुन्छ सबलाई साथ दिन
सोच्छु तिम्रै बारेमा हर बेला साझ रात दिन
धोका दिन्न, भाग्दिन, हात समाउन छाड्दिन
जहिले तिम्रै छेउमा अलपत्र कहिले पार्दिन
प्रेमपत्र लेख्न जानिन, माया गर्न नै आएन
"I love you, baby, mwah," त्यस्तो आवश्यक भन्ठानिन
धेरै छन पछि लाग्ने, अरुलाई कहिले छानिन
दिन्छु साथ जिन्दगिभर कसम यसै खादिन
आफु त कतै जादिन, घुमाउन नि लादिन
फुलको थुंगा किनि माया बस्ला भनी मान्दिन
रगतले चिट्ठी लेख्न होला हात काट्दिन
झुठ बोल्ने बानी छैन कहिलेपनी ढाट्दिन
Baby, darlin', दुईचार चोटि भनी नाटक पार्दिन
मान्छे छुइन देखावटी कहिले माया मार्दिन
जित मात्रै हुन्छ, तिमी भए पुग्छ हार्दिन
गित गाउदै सधै मायाको डोरिमा बाधिन
आईदेउ तिमी, आइदेउ तिमी
अरुजस्तो होईन सधैं जसो हामी मिल्नी
जति अप्ठ्यारो भएनी हात समाइ हिड्नी
मेरो इच्छा, चाहना, माया, खुशी तिमीलाई दिनी
आईदेउ तिमी, आइदेउ तिमी
अरुजस्तो होईन सधैं जसो हामी मिल्नी
जति अप्ठ्यारो भएनी हात समाइ हिड्नी
मेरो इच्छा, चाहना, माया, खुशी तिमीलाई दिनी
मायामा परि बौलाउनेको छैन कमि
भेट नभएपनी जहिले phone मै झुण्डिरहनी
कहिले बु, कहिले बे, कहिलेकाही honey
कहिले उ, कहिले के, सकिँदैन गनि, अ
कहिले धोका, कहिले पीडा, कहिले खुशी अनि
गल्ती दुबैको एकाअर्कालाई दोष दिइरहनि
नचाहिने कुराकानी सधैं उत्तर खोजिरहनी
अन्धकार कोठा रातभरी बसि सोचिरहनी
Ayy, म चाहिँ त्यस्तो परिन, मिठा शब्द भनिन
होला तिम्रो लागि त्यस्तो मरिहत्ते गरिन
माया गर्न खोज्दा मलाई भयो होला कठिन
तर तिम्रै पछि म त अन्तै कतै हटिन
आफुलाई बुझ्न छाडिसके तिमीलाई बुझ्छु म
भन तिम्रो मनमा के छ सबैकुरा सुन्छु म
कहिले हास्छु रुन्छु म, सपना ठुलो बुन्छु म
आँखा चिम्म गर ठ्याक्कै तिम्रै छेउमा हुन्छु म
आईदेउ तिमी, आइदेउ तिमी
अरुजस्तो होईन सधैं जसो हामी मिल्नी
जति अप्ठ्यारो भएनी हात समाइ हिड्नी
मेरो इच्छा, चाहना, माया, खुशी तिमीलाई दिनी
आईदेउ तिमी, आइदेउ तिमी
अरुजस्तो होईन सधैं जसो हामी मिल्नी
जति अप्ठ्यारो भएनी हात समाइ हिड्नी
मेरो इच्छा, चाहना, माया, खुशी तिमीलाई दिनी
Huh, psycho, काँ बस्दिरा के आँखा चिम्म गरेर—
Written by: Chirag Khadka
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...