album cover
Hyatteri
album cover
Hyatteri è stato pubblicato il 1 gennaio 2023 da Sajjan Raj Vaidya come parte dell'album Hyatteri - Single
1 gennaio 2023
EtichettaSajjan Raj Vaidya
LinguaEnglish
BPM75
Melodicità
Acousticità
Valence
Ballabilità
Energia

Testi

तिम्रै खातिर, तिम्रै खातिर...
डा-रा-रन्, डा-रा-रा, रा, रा-रा
ल, यताउता कुरो सन्ने गऱ्याछु तिम्रो
तिमी त साह्रै निष्ठुरी छौ रे
Hm, पाइलैपिच्छे अर्को, खोइ कुनचाहिँ गाउँ-सहरको
कोही ठिटोलाई समाउँदै हिँड्छौ रे
म नि त, म नि त बनूँ तिम्रो ठिटो
नामसारी गरूँ यो मन तिमीलाई
लाग्ला कि बिस्तारी तिमीलाई नि माया मेरो
बेस्सरी नै बाँध न, मलाई-लाई नै राख न
म यसरी नै भइसकेँ पहिले
बेस्सरी नै बाँध न मलाई एकबाजि अँगालोमा
म त तिम्रै खातिर जिउँदै छु अहिले
तिम्रै नजरमा पल्केर, माया बिजुलीझैँ सल्केर
मेरो छातीमा जल्ने गर्छ जहिले
डा-रा-रन्, डा-रा-रा, रा, रा-रा
टोलभरि भन्छन् रे, "यो केटी अति नै गर्छे
कुन बिचरो फसाउने भो ल!"
फसाऊ न, खै, मलाई, लहै!
ह्यात्तेरी! हेर न, मलाई आँखाले मज्जाले बेर न
खै, परूँ म मायाजालैमा, म नि नाचूँ न तिम्रो तालैमा
ए, ल त नि, म पनि दिऊँ न सबै कुरो (हे)
सम्पत्ति, धनजति सबै तिमीलाई
जूनतारा, संसार चोरी ल्याऊँ म, कान्छी, हे कान्छी
कान्छी, हे कान्छी
हे कान्छी, केही त बोल न
हे, मनको कुरा खोल न
हे कान्छी, हे कान्छी
बेस्सरी नै बाँध न (बाँध न) मलाई एकबाजि अँगालोमा (अँगालोमा)
म त तिम्रै खातिर जिउँदै छु अहिले (तिम्रै खातिर जिउँदै छु अहिले)
तिम्रै नजरमा पल्केर (पल्केर), माया बिजुलीझैँ सल्केर (सल्केर)
मेरो छातीमा जल्ने गर्छ जहिले (छातीमा जल्ने गर्छ जहिले)
(हे कान्छी)
ह्यात्तेरी! तिमीचाहिँ फेरि किन तर्कीतर्की हिँड्छौ नि?
मायापिरतीदेखि तर्सिन्छौ कि? ए, लाज नमान न
तिम्रो चर्चाको के परवाह? म सक्कली पिरती लाउँला है
तिमीलाई मनमा सजाउँला, कान्छी, अब त मान न
ह्यात्तेरी! तिमीचाहिँ फेरि किन तर्कीतर्की हिँड्छौ नि?
मायापिरतीदेखि तर्सिन्छौ कि? ए, लाज नमान न
तिम्रो चर्चाको के परवाह? म सक्कली पिरती लाउँला है
तिमीलाई मनमा सजाउँला, कान्छी, अब त मान न (कान्छी)
रातको रानी फुलेझैँ साँझमा
तिमी फुल्यौ कलेजीमाझमा
मनको रहर
कान्छीलाई घुमाउने काठमाडौँ सहर (कान्छी)
कान्छीलाई घुमाउने काठमाडौँ सहर
Written by: Sajjan Raj Vaidya
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...