Crediti
PERFORMING ARTISTS
Narayan Gopal
Performer
COMPOSITION & LYRICS
Shambhujeet Baskota
Composer
Nir Shah
Lyrics
Testi
पर्खी बसेँ आउला भनी मेरो उठ्ने पालो
मेरो उठ्ने पालो
कुर्दाकुर्दै जिन्दगी नै भइगएछ कालो-कालो
भइगएछ कालो, मेरो उठ्ने पालो
वरिपरि अँध्यारो छ आँखा खोली हेर्दा
अँध्यारो नै देखिन्छ नि आँखा चिम्ली हेर्दा
वरिपरि अँध्यारो छ आँखा खोली हेर्दा
अँध्यारो नै देखिन्छ नि आँखा चिम्ली हेर्दा
आफ्नै छाया आफैसँग भागी हिँड्न थाल्यो
भागी हिँड्न थाल्यो
आफ्नै माया आफैलाई बोझ लाग्न थाल्यो-थाल्यो
बोझ लाग्न थाल्यो, बोझ लाग्न थाल्यो
तातो हावा बहिदिन्छ मुटु पोल्ने गरी
निराशाको दियो बल्छ दिलै जल्ने गरी
तातो हावा बहिदिन्छ मुटु पोल्ने गरी
निराशाको दियो बल्छ दिलै जल्ने गरी
वर्षौँ भयो चलेकै छ मनभित्र यो आँधी
मनभित्र यो आँधी
बाध्यतामा बाँच्नुपऱ्यो चाहनालाई बाँधीबाँधी
चाहनालाई बाँधी, चाहनालाई बाँधी
पर्खी बसेँ आउला भनी मेरो उठ्ने पालो
मेरो उठ्ने पालो
Written by: Nir Shah, Shambhujeet Baskota