特集

クレジット

PERFORMING ARTISTS
Rohit John Chettri
Rohit John Chettri
Performer
COMPOSITION & LYRICS
Rohit John Chettri
Rohit John Chettri
Songwriter

歌詞

आँखाले, मनले जता हेरे पनि
तिम्रै झझल्को खोजी हिँड्छ
यादले, सासले जति भुले पनि
मन तिम्रै गीत गाइदिन्छ
अब तिमी आऊ न, धेरै नसताऊ न
माया मेरो मात्र तिम्लाई
तिम्लाई पर्खी बसेछु, मुटुभित्र राख्नेछु
माया, तिमी आइदेऊ न
जुनी-जुनीको साथ यो
तिम्रै लागि मैले साँचेको
जीवनको मेरो गीत यो
तिम्रै सङ्गीतले सजिएको
ओठले तिम्रो मेरो नाम बोलाइदेऊ
आँखामा मेरो सपना सजाइदेऊ
अँगालोमा तिमी मलाई समाइदेऊ
मायाको संसारमा सँगै रमाइदेऊ
हावाले, झरीले मलाई छोए पनि
स्पर्श तिम्रै नै छोडिदिन्छ
एक्लै कतै म भए पनि
सम्झना तिम्रो साथ हुन्छ
अब तिमी आऊ न, धेरै नसताऊ न
माया मेरो मात्र तिम्लाई
तिम्लाई पर्खी बसेछु, मुटुभित्र राख्नेछु
माया, तिमी आइदेऊ न
जुनी-जुनीको साथ यो
तिम्रै लागि मैले साँचेको
जीवनको मेरो गीत यो
तिम्रै सङ्गीतले सजिएको
जुनी-जुनीको साथ यो
तिम्रै लागि मैले साँचेको
जीवनको मेरो गीत यो
तिम्रै सङ्गीतले सजिएको
Written by: Rohit Chettri
instagramSharePathic_arrow_out