クレジット

COMPOSITION & LYRICS
John Rai
John Rai
Songwriter

歌詞

मुहार मुस्कुराए नि भित्रबाटै दुःखी नै छु कि?
गन्तव्य खोज्दाखोज्दै आफूलाई नै बिर्सिसकेँ कि?
दिन देख्ने आशामा रातै यहाँ काट्दिन कि?
सधैँ भीडमा भए नि शून्यताले छाड्दैन कि?
हे ईश्वर, भनिदेऊ, कहाँ जाने म? अब यहाँ कसलाई सोध्ने त?
उत्तर कहीँ पाइन, केचाहिँ गर्ने?
हे ईश्वर, बरु लग यो जिन्दगानी, सुम्पिदिएँ तिम्लाई आफ्नै ठानी
थाकिसकेँ धेरै, थाकिसकेँ धेरै
आँखाले देखे नि यो भित्र कतै अन्धै पो छु कि?
सुनेजस्तो लाग्छ, खै, केही कुरा यादै छैन कि?
हिँडेको त धेरै भो, लडेको बिर्सिन्छु कि?
आँसुबिना दिनरात यहाँ रुँदै छु कि?
हे ईश्वर, भनिदेऊ, कहाँ जाने म? अब यहाँ कसलाई खोज्ने त?
उत्तर कहीँ पाइन, केचाहिँ गर्ने?
हे ईश्वर, बरु लग यो जिन्दगानी, सुम्पिदिएँ तिम्लाई आफ्नै ठानी
थाकिसकेँ धेरै, थाकिसकेँ धेरै
आऊ, आइ-
तिमी आऊ, आइदेऊ
Written by: John Rai
instagramSharePathic_arrow_out

Loading...