Kredyty

PERFORMING ARTISTS
Sugam Pokharel
Sugam Pokharel
Performer
COMPOSITION & LYRICS
Sugam Pokharel
Sugam Pokharel
Songwriter
Naresh Dev Pant
Naresh Dev Pant
Songwriter

Tekst Utworu

भनेकै हुँ मैले, मलाई आफ्नो नबनाऊ
कुल्चिजाने धूलोलाई आँखामा नबसाऊ
जूनलाई रङ्गाइजाने कालो ग्रहण हुँ म
मुटुलाई टुक्र्याइजाने तीखो खन्जर हुँ म
पत्थरलाई ईश्वर सम्झी जीवन भेटी नचढाऊ
भनेकै थिएँ मैले, मलाई आफ्नो नबनाऊ
भनेकै हुँ मैले, मलाई आफ्नो नबनाऊ
कुल्चिजाने धूलोलाई आँखामा नबसाऊ
आसलाई नङ्ग्याइदिने सुक्खा बन्जर हुँ म
पाउलाई थर्काइदिने मनको जलन हुँ म
बगरलाई भाग्य सम्झी रहर बलि नचढाऊ
भनेकै थिएँ मैले, मलाई आफ्नो नबनाऊ
Hmm, पत्थरलाई ईश्वर सम्झी जीवन भेटी नचढाऊ
भनेकै थिएँ मैले, मलाई आफ्नो नबनाऊ
Written by: Naresh Dev Pant, Sugam Pokharel
instagramSharePathic_arrow_out

Loading...