album cover
Juni
album cover
Juni foi lançado em 27 de maio de 2026 por Sajjan Raj Vaidya como parte do álbum Juni - Single
Released27 de maio de 2026
SeloSajjan Raj Vaidya
BPM173
Melodicidade
Acusticidade
Valence
Dançabilidade
Energia

Vídeo da música

Vídeo da música

Letra

अक्षर-अक्षर जोडेर, भावनाहरू सबै पोखेर
तिमीलाई नै सुम्पिदिएँ यो मन
मायालु, बोल न बोल
भोलि खै के होला, नहोला
छ आज त तिमीलाई यो बाचा, म तिम्रै हुँ
मायालु, सधैँ अब त
स्वर्गझैँ तिम्रो बोलीमा खोजिरहूँ ईश्वरलाई
तिम्रो रचनाको अभिनन्दन व्यक्त गर्नलाई
लैजाऊ ल, माया, मेरो मन, भर मेरो अँगालो
हरबखत माया गर्छु भन, बोलिराख नाउँ मेरो
अब जति-जे छु बाँकी, तिम्रै हुँ जिन्दगीभर
र सधैँ-सधैँको लागि तिमीलाई म माया गर्छु
मायालु, थियौ कि खै कुन्नि
मसँगै अघिल्लो जुनी
चिनेझैँ गर्छ हृदयले यो स्पर्श खै
माया, तिमी नै त थियौ नि
हर्ष खोजी तिमीलाई नै पाएँ सयौँ बार नै
अझै अर्को सयौँ जन्म खोजी आउँछु तिमीकहीँ
लैजाऊ ल, माया, मेरो मन, भर मेरो अँगालो
हरबखत माया गर्छु भन, बोलिराख नाउँ मेरो
अब जति-जे छु बाँकी, तिम्रै हुँ जिन्दगीभर
र सधैँ-सधैँको लागि तिमीलाई म माया गर्छु
आभारी छु, माया, तिमीले मनको माया दियौ
जन्मजन्मान्तरलाई पुग्ने खुशीले मन भर्दियौ
फेरि तिमीसँगै परोस् बाँकी मेरो हर जनम
यो जुनीझैँ तिमीलाई गरुँला माया हर कदम
आभारी छु, माया, तिमीले मनको माया दियौ
जन्मजन्मान्तरलाई पुग्ने खुशीले मन भर्दियौ
फेरि तिमीसँगै परोस् बाँकी मेरो हर जनम
यो जुनीझैँ तिमीलाई गरुँला माया हर कदम
Written by: Sajjan Raj Vaidya
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...