Créditos
PERFORMING ARTISTS
Sushant Ghimire
Performer
Saswot Shrestha
Music Director
COMPOSITION & LYRICS
Sushant Ghimire
Songwriter
PRODUCTION & ENGINEERING
Saswot Shrestha
Producer
Letra
पुगिसके "राम, राम" भनी हानिदिने बगलीमा छुरा
तितो-तितो मन भए पनि गरिदिने मिठा-मिठा कुरा
खोलिदिए मुटु सबै के सानो भइन्छ र?
देखी, बुझी सबै यहाँ के नै नापिन्छ र?
अब जिन्दगी सररर मोटर गाडीमा
जिन्दगी सररर मोटर गाडीमा
देख्नेले देखी जान्छ, बुझ्नेले बुझी जान्छ, भेट्नेले भेटी जान्छ नि
देख्नेले देखी जान्छ, बुझ्नेले बुझी जान्छ, भेट्नेले भेटी जान्छ नि
ए, भोलिको सोचे धेरै बिर्सने आज
ए, साँझलाई पर्खिरहे ढल्किने रात
ए, जोबनै साँचिरहे समाउन हात
ए, मायालाई खोजिरहे यो दुईदिने साथ
ए, बुझ्नलाई गाह्रो भयो
ए, समय नै साह्रो गयो
शायद उमेरैको दोष
मन बुझाउनै आधी रह्यो
देख्नेले देखी जान्छ, बुझ्नेले बुझी जान्छ, भेट्नेले भेटी जान्छ नि
ए, खोलिदिए मुटु सबै के सानो भइन्छ र?
देखी, बुझी सबै यहाँ के नै नापिन्छ र?
अब जिन्दगी सररर मोटर गाडीमा
जिन्दगी सररर मोटर गाडीमा
देख्नेले देखी जान्छ, बुझ्नेले बुझी जान्छ, भेट्नेले भेटी जान्छ नि
देख्नेले देखी जान्छ, बुझ्नेले बुझी जान्छ, भेट्नेले भेटी जान्छ नि
देख्नेले देखी जान्छ, बुझ्नेले बुझी जान्छ, भेट्नेले भेटी जान्छ नि
Written by: Saswot Shrestha, Sushant Ghimire

