Лучшие песни Narayan Gopal
Создатели
МУЗЫКА И СЛОВА
Narayan Gopal
Композитор
Kali Prasad Rijal
Тексты песен
Слова
केही मीठो बात गर, रात त्यसै ढल्किँदै छ
केही मीठो बात गर, रात त्यसै ढल्किँदै छ
भरे फेरि एकान्तमा रुनु त छँदै छ
केही मीठो बात गर, रात त्यसै ढल्किँदै छ
रमाइलो कुरा गर, सपनाको कुरा गर
रमाइलो कुरा गर, सपनाको कुरा गर
सँगसँगै बिताएको सम्झनाको कुरा गर
सम्झनाको कुरा गर
दुःख छोड, दुःखलाई त जिन्दगानी छँदै छ
भरे फेरि एकान्तमा रुनु त छँदै छ
केही मीठो बात गर, रात त्यसै ढल्किँदै छ
आऊ नाचौँ अँध्यारोमा जुनकिरी नाचे जस्तै
आऊ नाचौँ अँध्यारोमा जुनकिरी नाचे जस्तै
बतासमा उडौँ आज सिमलको भुवा जस्तै
सिमलको भुवा जस्तै
दुई कदम साथ हिँडौँ, छुट्टिनु त छँदै छ
भरे फेरि एकान्तमा रुनु त छँदै छ
केही मीठो बात गर, रात त्यसै ढल्किँदै छ
Writer(s): Narayan Gopal
Lyrics powered by www.musixmatch.com