album cover
Graha
243
Metal
Graha was released on September 26, 2017 by Music First Records as a part of the album Anyol
album cover
AlbumAnyol
Release DateSeptember 26, 2017
LabelMusic First Records
LanguageEnglish
Melodicness
Acousticness
Valence
Danceability
Energy
BPM65

Credits

COMPOSITION & LYRICS
Tumbleweed Inc.
Tumbleweed Inc.
Songwriter

Lyrics

जीउन खोज्दैछु छोडेर बनावटी संसार
देखावटी सबै, भ्रम को संगम सारा संजाल
म भिन्न प्राणी
मैले बुझी सके यो जिन्दगानी
संग्लो छैन केहि पनि
दुषित मन्दिर पनि
प्रचार झुठको
संसार नया युगको
संग्राम पैसाको लागि भो
शम्शान यो यथार्थको
एउतै ग्रह भिन्न धर्म
भिन्न मान्छे तर एउतै लक्ष्य
पैसा नै बन्यो हाम्रो रक्ष्यक
नया युगको दास ,छैन मोक्ष्य
शरीर खुसि तर आत्मा दुखि
हामी रह्यौ समयको कैदी
खेल रच्ने फेरी मानब जाति
नया युगको आगमन छैन शान्ति
सोच्दैछु अब बाच्ने छु
म आफ्नो अस्तित्व बोकेर
यथार्थको जीवन साच्ने छु
सारा भ्रम को चक्र त्यागेर
बिचित्र सहर , अनौठो लहर ,
घृणाको बगर , आसुको सागर (...सजाय...)
बिचित्र सहर , अनौठो लहर ,
घृणाको बगर , आसुको सागर
बिचित्र सहर , अनौठो लहर ,
घृणाको बगर , आसुको सागर (... सजाए ...)
बिचित्र सहर , अनौठो लहर ,
घृणाको बगर , आसुको सागर
आखिर के को लागि त्यो खुसि (स्वागत छ यहाँ )
जुन पैसा मा बिक्दै छ
के को लागि स्वार्थी तिमी
सबै एकदिन मर्नुनै छ
कति दिन चाइ हास्छौ तिमी (नवयुगको यो समय )
पिडा एकदिन देख्ने छ
स्वतन्त्र छैन कोहि
समयले सबैलाई बाधेको छ
यथार्थ अङ्गाल्न गार्हो (यथार्थको यो संजाल)
संजाल येस्तैनै बन्यो
बनावटी सबलाई प्यारो
संसार बिचित्र रह्यो
तेसैले नया श्रीस्ती को खोजमा (अनौठो यो संसार )
चुम्न खुल्ला आकाश
अनि मेरो आत्मविश्वास
पाउने छु नया प्रकाश
बिचित्र सहर , अनौठो लहर ,
घृणाको बगर , आसुको सागर (...सजाय...)
बिचित्र सहर , अनौठो लहर ,
घृणाको बगर , आसुको सागर
बिचित्र सहर , अनौठो लहर ,
घृणाको बगर , आसुको सागर (... सजाए ...)
बिचित्र सहर , अनौठो लहर ,
घृणाको बगर , आसुको सागर
बुझी हेर तिमी यो संसारलाई
यहाँ सबै बिकेको छ
खुसि होलान सबै तर भित्रि मन रोइ रहेको छ
उजादिएको छ अस्तित्व दिनहु दिन
देख्नमा रंगिन छ यो संसार
तर हाम्रो दृष्टिकोण अन्धकारमा रम्दै छ
यो ग्रह नर्क बन्दै जादा
हामी स्वर्गको भ्रम मा बाचिरहेका छौ
बुझी हेर तिमी यो संसारलाई
बिचित्र सहर , अनौठो लहर
घृणाको बगर , आसुको सागर (...सजाय...)
बिचित्र सहर , अनौठो लहर
घृणाको बगर , आसुको सागर
बिचित्र सहर , अनौठो लहर
घृणाको बगर , आसुको सागर (... सजाए ...)
बिचित्र सहर , अनौठो लहर
घृणाको बगर , आसुको सागर
खोज्दैछु नया प्रकाश
चुम्नु छ खुल्ला आकाश
Written by: Tumbleweed Inc.
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...