album cover
Hamro Din
270
Singer/Songwriter
Hamro Din was released on August 10, 2018 by Dibesh Pokharel as a part of the album Grahan
album cover
AlbumGrahan
Release DateAugust 10, 2018
LabelDibesh Pokharel
Melodicness
Acousticness
Valence
Danceability
Energy
BPM142

Credits

PERFORMING ARTISTS
Dibesh Pokharel
Dibesh Pokharel
Performer
Arthur Gunn
Arthur Gunn
Performer
COMPOSITION & LYRICS
Dibesh Pokharel
Dibesh Pokharel
Composer
PRODUCTION & ENGINEERING
Dibesh Pokharel
Dibesh Pokharel
Producer

Lyrics

यी आकाशतिर हेर निला-निला छन्, तर कालो बादलले भने ढाकेछ
चराहरू उड्छन् रूखैबाट ती पङ्खहरू फरफराउँदै
सूर्यको किरणसँगै उठी सागर-समुन्द्रमाझ दिन बिताउँदा
साँझ पानी पर्दा तिमी नाचेको हेर्दा कति रमाइलो
म खोज्छु बुझ्न समय हाम्रो, मलाई नै सबै भए कति राम्रो
बदलियो जवाना, फेरिदियो मेरो दिन
खोलाहरू बग्छन् आफ्नै तालैमा, बगायो घर कसैको बितेको सालैमा
तर देख्दिन अरू केही, बाहेक हराएको हाम्रो यो संस्कृति
हिँडेँ म आज भौतारिँदै भोलिको खोजीमा
तर पाएँ मैले सधैँ आज, भोलि त रैछ मात्र आशा
म खोज्छु बुझ्न समय हाम्रो, देऊ मलाई सबै त्यही राम्रो
के भयो जवाना? कहाँ गयो हाम्रो दिन?
बदलिँदै छ सारा संसार आँखैअगाडि, गएछ समय सुनौलो दिनपछाडि
त्यही नि गर्नु छ सङ्घर्ष केही बनाउन यो जीवनलाई
बितेको समय बित्न देऊ, अरूको कुराले आफूलाई नथिच्न देऊ
उठाऊ आफ्नै आवाज तिम्रो, कहिलेकाहीँ एक्लोपन जरुरी छ यो जीवनमा
म खोज्छु बुझ्न समय हाम्रो, मलाई नै सबै भए कति राम्रो
बदलियो जवाना, फेरिदियो हाम्रो दिन
म खोज्छु बुझ्न समय हाम्रो, देऊ मलाई सबै त्यही राम्रो
के भयो जवाना? कहाँ गयो हाम्रो दिन?
बदलियो जवाना, फेरिदियो मेरो दिन
के भयो जवाना? कहाँ गयो हाम्रो दिन?
बदलियो जवाना, फेरिदियो हाम्रो दिन
Written by: Dibesh Pokharel
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...