Lyrics
कता होला त्यो चित्र धेरै वर्षअगाडि मैले कोरेको?
त्यो सुनौलो सूर्य हाम्रै अगाडि ढल्किँदै थियो
आकाशपातालबीच तैरिरह्यो
सूर्यसँगै टाढा हुँदै हामी डुबी गयौँ
धमिलो हुँदै रङ्गहरू सबै बिलाई गयो
आकाशमुनि अन्धकारमा हामी
आँखाले नभ्याएसम्म चम्किने त्यो सूर्यलाई पछ्याउँदै
बिदाइ गर्दै अन्त्यसम्म हामी पर्खिरह्यौँ
आकाशपातालबीच तैरिरह्यो
सूर्यसँगै टाढा हुँदै हामी डुबी गयौँ
धमिलो हुँदै रङ्गहरू सबै बिलाई गयो
आकाशमुनि अन्धकारमा हामी
अझै नि चम्किन्छ त्यो सूर्य मभित्र
तिमीसँगै हुँदाको चित्र मभित्र
Written by: Yugal Gurung


