album cover
Maaya
3,075
Pop
Maaya was released on April 6, 2020 by Varsha Thapa as a part of the album Maaya - Single
album cover
Release DateApril 6, 2020
LabelVarsha Thapa
Melodicness
Acousticness
Valence
Danceability
Energy
BPM81

Music Video

Music Video

Credits

PERFORMING ARTISTS
Varsha Thapa
Varsha Thapa
Performer
COMPOSITION & LYRICS
Varsha Thapa
Varsha Thapa
Songwriter

Lyrics

मन मेरो ढुकढुकिन्छ
तिम्रो पहिलो झलक देख्दाखेरि
मेरो सास थामिन्छ
तिम्ले मायाले बोलाउँदाखेरि
माया, जति-जति भेट्छु तिम्लाई, त्यति बढी लाग्दै जान्छ
यो मन त साटियो
माया तिमीलाई जति गर्छु मैले, त्यति त गर्दैन कसैले
तिमीमा मैले आफूलाई पाएँ
मेरो आँखामा आँखा हाली मलाई
जब हेर्दछौ मन पग्लिन्छ
मेरो हात समाई मलाई जब भन्छौ
"तिमी मेरो हौ, अब कहीँ नजाऊ"
तिम्रो सबै त्यो कुरा मलाई मन पर्छ
म के गरूँ? म के भनूँ?
तिम्रो सबै त्यो कुराले मलाई बाँध्याछ
म के गरूँ? म के भनूँ?
लुकीछिपी आउँछ तिम्रो याद मलाई त
माया, जति-जति भेट्छु तिम्लाई, त्यति बढी लाग्दै जान्छ
यो मन त साटियो
माया तिमीलाई जति गर्छु मैले, त्यति त गर्दैन कसैले
तिमीमा मैले आफूलाई पाएँ
दुःखसुख तिमीसँगै बाँड्छु
तिम्रो साहाराले मलाई प्रेरणा दिन्छ
म रुँदा तिमीलाई पनि दुख्छ
नदेखाए नि मलाई थाहा छ
मुटुले थाम्न नसक्ने माया नगर
आँखाभरि आँसु आउँछ
मुटुले थाम्न नसक्ने माया नगर
आँखाभरि आँसु आउँछ
जिन्दगीको पलहरू सँगै काट्नु छ
माया, जति-जति भेट्छु तिम्लाई, त्यति बढी लाग्दै जान्छ
यो मन त साटियो
माया तिमीलाई जति गर्छु मैले, त्यति त गर्दैन कसैले
तिमीमा मैले आफूलाई पाएँ
Written by: Varsha Thapa
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...