Lyrics

पुस माघको जाडोमा घाम ताप्नु, असारे झरिलाइ छाता छ लाइ दिमकि माया सोल्टिनि ज्यु त्यो मन कता छ सोल्ठिनि ज्यु तिम्रो हेराइले मारेको छ नि हौ शिरैमा टोपि दौरा र सुरुवाल सोल्ठि हजुरलाइ के साह्रो सुहाको यो दिल छ खालि यो मन छ चोखो कोहि चोर्न न आको सोल्ठि ज्यु तिम्रो हसाइले मारेको छ नि हौ शिरबन्दी शिरमा मख्मलको चोलि सोल्ठिनि ज्युलाई के साह्रो सुहाको दुइ मतै छैन यो जोडि हाम्रो दैबले जुराको सोल्ठिनि ज्यु तिम्रो बोलाइले मारेको छ नि हौ धानैमा कुट्नु ढिकिमा हजुर मकै त पिस्नु जातैमा मन परे माग्न आउनु घरैमा नजिस्काउ बाटैमा सोल्ठि ज्यु तिम्रो फकाइले मारेको छ नि हौ चोया है खिपि घुम थुन्से बुन्नु उन काटि राडि उनेको जिस्काको होइन सोल्ठिनि हजुर माया जाल बुनेको सोल्ठिनि ज्यु तिम्रो लजाइले मारेको छ नि हौ कोदो त रोप्नु मकै बारिमा तोरिको सोल्ठि बिउ छर्ने बाउ माइति घरमा नसोधि सोल्ठि मायामा न पर्ने सोल्ठि ज्यु तिम्रो आटैले मारेको छ नि हौ घरमौरि घरमा भिरमौरि भिरमा माछि त खेल्ने खोलिको लेउ मर्दको छोरो हु रित पुराइ लान्छु लौ हुन्छ भनि देउ सोल्ठिनि ज्यु तिम्रो मुस्कानले मारेको छ नि हौ हिउ पग्लि खोला बगेर आउदा भेट हुने दुइ खोलि दोभान भाग्यमै भए सोल्ठि हजुरलाइ दिउला यो चोखो जोवान सोल्ठि ज्यु तिम्रो सताईले मारेको छ नि हौ चरि त मार्नु गुलेलि हानि माछि त मार्नु जालैमा हात माग्नु आउछु पर्खेर बस्नु यो आउने सालैमा सोल्ठिनि ज्यु तिम्रो मायाले मारेको छ नि हौ बुढा है सुब्बा दर्शनमा जाउला फर्कुमला नाम लेखि बासैमा लगनै जुराइ आउनु है सोल्टि बसे है आशैमा सोल्ठि ज्यु तिम्रो परखाइले मारेको छ नि हौ
Writer(s): Durlav Jantare Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out