album cover
Birami
411
Hip-Hop/Rap
Birami was released on July 20, 2022 by The Bad Kompany as a part of the album Birami - Single
album cover
Release DateJuly 20, 2022
LabelThe Bad Kompany
Melodicness
Acousticness
Valence
Danceability
Energy
BPM74

Music Video

Music Video

Credits

PERFORMING ARTISTS
Laure
Laure
Performer
COMPOSITION & LYRICS
Rohit Shakya
Rohit Shakya
Composer
Aashish Rana
Aashish Rana
Composer

Lyrics

Yeah, Laure
You miss me? Huh
Let's go, check-check
हे, शान्त, एकान्त यो संसार, ब्रह्माण्ड
अझैसम्म निस्क्याछैन मेरो शरीरबाट कुनै प्राण त
शान्त, एकान्त यो संसार, ब्रह्माण्ड
बरु overdose ले निकाल्यो है मेरो मुखबाट ह्वालालाला बान्ता
हे घण्टा! बाल मतलब, fuck all my dream-sream
आँखा रसिलो, हड्डी चिलाउने, आङ हुने मेरो जिरिङजिरिङ
मस्तिष्कको इन्जिन तातिन्थ्यो मेरो टिनटिन
जब खान पाउँथिन मैले यसलाई एक छिनछिन, दिन-दिन
दोबाटो, दोधारमा छु, अँधेरो ओडारमा छु
कहिलेकाहीँ आफैलाई मैले चिथार्दै कोपार्दछु
सुन कथा, केटा हो, मनभित्रको व्यथा यो
Metaphor हैन technical, बरु chemical methadone ले भरिएको
बस्नु छ मलाई पनि nature मा रमाई
गाइने जिन्दगी, गीत गाउनुबाहेक केही छैन कमाइ
एकोहोरो, एकलकाँटे, बस्थेँ भावनालाई मैले बेस्सरी दबाई
अनि छोरा कुलतमा, र बाउले बढायो रे प्रेसरको दबाई
बिरामी, बिरामी, म छु एकदम बिरामी
यस्तो पाराले बनाउँछु म चितालाई सिरानी
बिरामी, बिरामी, म छु एकदम बिरामी
एकदम, एकदम बिरामी
Yeah, बिरामी, बिरामी, म छु एकदम बिरामी
यस्तो पाराले बनाउँछु म चितालाई सिरानी
बिरामी, बिरामी, म छु एकदम बिरामी
एकदम, एकदम बिरामी
भावना कोरेका कागजहरू जलेर भएछ खरानी
सम्झाउने मुखहरू थाकिसके, अब शक्ति देऊ, हे भवानी!
पीडा र गुहार सुनिदिने कानहरू फुटेर भएछन् बहिरो
मेरो हरकत देख्ने आँखाबाट आँसुको निरन्तर पहिरो
म यस्तो थिइन, हाँसो, मुस्कान हुन्थ्यो जहिले थोपडामा
चहलपहल दिँदै पोखरामा, नयाँ, दामी, जक्खड कपडामा
पर्थिन कहिल्यै लफडामा, एकदम सोझो थिएँ जमानामा
आजकल यम बुद्धले बोलाएजस्तो लाग्छ राती सपनामा
बादलपारि देशमा मलाई पनि बोलाइयोस्
संसारबाट मुक्ति पाउन छिटो साइत जुराइयोस्
मेरा १३ दिने दाजुभाइको सिरको बाल मुण्डाइयोस्
हे भगवती! गीत लेख्दै छु कि लेख्दै छु म suicide note?
हुँदै हुन्न, हुँदै हुन्न, हार मान्नेछैन म कदापि
म मरे पनि मेरा कृतिहरू बाँच्नेछन् शताब्दी
हेर न, साथी, कस्तो कालो ग्रहण लागेछ ममाथि
म अतालिन्न, म लथालिङ्ग, मेरो भए पनि जिन्दगी समाधि
बिरामी, बिरामी, म छु एकदम बिरामी
यस्तो पाराले बनाउँछु म चितालाई सिरानी
बिरामी, बिरामी, म छु एकदम बिरामी
एकदम, एकदम बिरामी (yeah)
बिरामी, बिरामी, म छु एकदम बिरामी
यस्तो पाराले बनाउँछु म चितालाई सिरानी
बिरामी, बिरामी, म छु एकदम बिरामी
एकदम, एकदम बिरामी
हिजोसम्म बच्चै थिएँ, थिएन केहीको अत्तोपत्तो
मिडिया नजिक, साथीभाइ टाढा, लाग्छ आज कस्तो-कस्तो
खुसी थियो यो मन जब चाहना थियो सस्तो-मस्तो
पैसाले देखायो आँखैअगाडि आज दिनहरू यहाँ कस्तो-कस्तो
कुदेको छु पैसाको लागि, रण्डीजसरी म सुतेको छु
बिधुवाको सिउँदोजसरी म पनि भाग्यबाट उडेको छु
रगत, पसिना, आँसुले आज निथ्रुक्कै म रुझेको छु
बोल्न दे, आज नशाको बेहोसीबाट धेरैपछि बिउँझेको छु
माफ गरिदेऊ, आमा, खराबी थिएन तिम्रो दूधमा
सिकाथ्यौ, बाबा, तिम्ले मलाई लडेपछि फेरि उठ्न
भूतपूर्व मेरो प्रेमिका, कमी थिएन तिम्रो रूपमा
म त आफ्नै मूर्खताले फसेँ आफैको कालो कर्तुतमा
पिँजडाभित्रको चिडियाजस्तै mainstream को त्यो मिडियामा फस्दै
बारेको मुख मैले मारेको सपनाको नुन र लसुन नखाई किरियामा बस्दै
बम विस्फोटन मेरो मनमा अफगानिस्तान अनि सिरियामा जस्तै
निहुँ नखोज मसँग, आजकल बलियो भाको छु मेरी आमाजस्तै
निधारमा लेखेर आको, तिम्रो गर्वलाई चिरफार
गरेर निस्की अलग हुनु छ भन्दा कराउँदो भीडभाड
तिम्ले खिलाको खीर-भात, त्यो माया र आशीर्वाद यो सिरमा
अनि फस्नेछैन फेरि बिमारको जन्जिरमा
बिरामी, बिरामी, छैन अब बिरामी
मार्दिसकेँ मेरो बिमारको कालो किरा नि
बिरामी, बिरामी, छैन अब बिरामी
हुँदिन म बिरामी
Yeah, बिरामी, बिरामी, छैन अब बिरामी
मार्दिसकेँ मेरो बिमारको कालो किरा नि
बिरामी, बिरामी, छैन अब बिरामी
हुँदिन म बिरामी
Written by: Aashish Rana, Rohit Shakya
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...