Music Video

Music Video

Credits

PERFORMING ARTISTS
Laxmi Malla
Laxmi Malla
Performer
Swaroop Raj Acharya
Swaroop Raj Acharya
Performer
COMPOSITION & LYRICS
Krishna K.C
Krishna K.C
Composer

Lyrics

कुन दिनमा आँखा जुध्यो, निरमाया ठूली? (ओइ ठूली) मोहनी लगायो
त्यही दिनदेखि रातदिनको, निरमाया ठूली (ओइ ठूली), भोकनिन्द्रा भगायो
त्यही दिनदेखि रातदिनको, निरमाया ठूली, भोकनिन्द्रा भगायो
के भयो त हिजोको कुरा? हुन्छ-हुन्न, गरिदेऊ मन्जुर
हे, के भयो त हिजोको कुरा? हुन्छ-हुन्न, गरिदेऊ मन्जुर

ए, हुन्छ-हुन्न, गरिदेऊ मन्जुर
माया भन्नु यस्तै रैछ, निरजाले ठूला (ओइ ठूला), मुटुमा बिझाउँछ
ऐना हेर्छु, आफ्नै रूपले, निरजाले ठूला (ओइ ठूला), आफैलाई गिज्याउँछ
ऐना हेर्छु, आफ्नै रूपले, निरजाले ठूला, आफैलाई गिज्याउँछ
दोधारमा छु, के गर्ने-गर्ने, ज्यान, हजुरको भर पर्ने-नपर्ने

हे ज्यान, हजुरको भर पर्ने-नपर्ने
वल्लो घरको पाली राम्रो, निरमाया ठूली (ओइ ठूली), खरैले छाएको
मायापिरिम अमर हुन्छ, निरमाया ठूली (ओइ ठूली), मिलेर लाएको
मायापिरिम अमर हुन्छ, निरमाया ठूली, मिलेर लाएको
के भयो त हिजोको कुरा? हुन्छ-हुन्न, गरिदेऊ मन्जुर
हे, के भयो त हिजोको कुरा? हुन्छ-हुन्न, गरिदेऊ मन्जुर
के भयो त हिजोको कुरा? हुन्छ-हुन्न, गरिदेऊ मन्जुर
ए, हुन्छ-हुन्न, गरिदेऊ मन्जुर
हिउँचुलीमा हिउँको खात, निरजाले ठूला (ओइ ठूला), पानीको फेवाताल
कुरी बस्दा मनको राजा, निरजाले ठूला (ओइ ठूला), बित्यो नि सालौँसाल
कुरी बस्दा मनको राजा, निरजाले ठूला, बित्यो नि सालौँसाल
दोधारमा छु, के गर्ने-गर्ने, ज्यान, हजुरको भर पर्ने-नपर्ने
दोधारमा छु, के गर्ने-गर्ने, ज्यान, हजुरको भर पर्ने-नपर्ने
दोधारमा छु, के गर्ने-गर्ने, ज्यान, हजुरको भर पर्ने-नपर्ने
हे ज्यान, हजुरको भर पर्ने-नपर्ने
घामलाई शीतल पीपलछाया, निरमाया ठूली (ओइ ठूली), छाता छ झरीलाई
तिम्रै काखमा हाँस्न मन छ, निरमाया ठूली (ओइ ठूली), जिन्दगीभरिलाई
तिम्रै काखमा हाँस्न मन छ, निरमाया ठूली, जिन्दगीभरिलाई
के भयो त हिजोको कुरा? हुन्छ-हुन्न, गरिदेऊ मन्जुर
हे, के भयो त हिजोको कुरा? हुन्छ-हुन्न, गरिदेऊ मन्जुर
के भयो त हिजोको कुरा? हुन्छ-हुन्न, गरिदेऊ मन्जुर
ए, हुन्छ-हुन्न, गरिदेऊ मन्जुर
भारतमा ताजमहल, निरजाले ठूला (ओइ ठूला), रानीमहल, कालिन्चोक
"सँगै जुनी काट्छु" भनी, निरजाले ठूला (ओइ ठूला), भरोसा मलाई देऊ
"सँगै जुनी काट्छु" भनी, निरजाले ठूला, भरोसा मलाई देऊ
दोधारमा छु, के गर्ने-गर्ने, ज्यान, हजुरको भर पर्ने-नपर्ने
दोधारमा छु, के गर्ने-गर्ने, ज्यान, हजुरको भर पर्ने-नपर्ने
दोधारमा छु, के गर्ने-गर्ने, ज्यान, हजुरको भर पर्ने-नपर्ने
हे ज्यान, हजुरको भर पर्ने-नपर्ने
ल्हासाबाट ल्याको सुन, निरमाया ठूली (ओइ ठूली), लाख पर्छ रत्तीको
बिनास्वादको माया लाइयो, निरमाया ठूली (ओइ ठूली), आज यो गति भो
बिनास्वादको माया लाइयो, निरमाया ठूली, आज यो गति भो
के भयो त हिजोको कुरा? हुन्छ-हुन्न, गरिदेऊ मन्जुर
हे, के भयो त हिजोको कुरा? हुन्छ-हुन्न, गरिदेऊ मन्जुर
के भयो त हिजोको कुरा? हुन्छ-हुन्न, गरिदेऊ मन्जुर
ए, हुन्छ-हुन्न, गरिदेऊ मन्जुर
घुम्टे काखमा गलकोट दरबार, निरजाले ठूला (ओइ ठूला), मुस्ताङमा मुक्तिनाथ
भर परेँ तिम्रो अब, निरजाले ठूला (ओइ ठूला), सुम्पिन्छु, समाऊ हात
भर परेँ तिम्रो अब, निरजाले ठूला, सुम्पिन्छु, समाऊ हात
दोधारमा छु, के गर्ने-गर्ने, ज्यान, हजुरको भर पर्ने-नपर्ने
दोधारमा छु, के गर्ने-गर्ने, ज्यान, हजुरको भर पर्ने-नपर्ने
दोधारमा छु, के गर्ने-गर्ने, ज्यान, हजुरको भर पर्ने-नपर्ने
हे ज्यान, हजुरको भर पर्ने-नपर्ने
Written by: Krishna K.C
instagramSharePathic_arrow_out

Loading...