album cover
Himmat
417
Rap
Himmat was released on July 5, 2017 by Trap Nepal as a part of the album Himmat - Single
album cover
Release DateJuly 5, 2017
LabelTrap Nepal
Melodicness
Acousticness
Valence
Danceability
Energy
BPM84

Credits

PERFORMING ARTISTS
VTEN
VTEN
Performer
COMPOSITION & LYRICS
Suraj Sagar Thapaliya
Suraj Sagar Thapaliya
Composer
PRODUCTION & ENGINEERING
BeatsByHype
BeatsByHype
Producer

Lyrics

आऊ मलाई लात हान, तिमी मेरो भाग तान
म हु एउटा असहाय, कमजोरीको दाग मान
म माथि फोहोर फाल, तिमी मलाई हात हाल
सक्दो यातना देऊ, तानिदेऊ मेरो छाला
म रुन्छु, कराउँछु, आँसु झार्छु एक्लै
बेग्लै छु म, जाऊ मेरो अधिकारलाई टेक्दै
छेक्दै बस्छु मेरो मनको हुरी बतास
चाहन्छु म जिन्दगीमा खुसीको प्रकाश
मलाई झुण्ड्याऊ, मुन्ट्याऊ, मलाई बेर काँडेतारले
जित्नु छैन मलाई, शोक मनाउँदै छु हारले
मार् थिएँ आफ्नो मनलाई दुःखमा जब पार थिएँ
धारले रेट तिम्रो तिखो हतियारले
म पागल त हैन, पागल बनाउछ समाजले
हेला गर्छ मलाई भन्ने गर्छ, मुजी, खाते
पिडा छ मनमा तर झुठो हाँसो हाँस्ने
काम के हो? भन्दा म:म होटेलमा भाँडा माझ्ने
जिन्दगी लामो छ अनि चुनौती धेरै
सजाएका सपनाहरू नजाओस् खेरै
त्यसैले गर्दैछु दुःख संघर्ष
मलाई दुःख गर्ने मान्छे निकै मन पर्छ
बोरु खुसी हुन्छु, धुन्छु यो मनको घाउ
अघि बढौँ हामी एकअर्काको हात समाउँ
रिस राग हटाउँ अनि खुसी बाडन जाउँ
हे भगवान, हेला होइन सबलाई माया गर्न पाउँ (ah)
हाँस्छु म अनि हटाउँछु पिडा
घृणा दियो भने उल्ले, माया दिन्छु उसलाई फिर्ता
माफी मागिदिन्छु म ठेस लाग्यो भने हिँड्दा
निहु खोज्यो भने गाला थापेर भन्छु, "हिर्का"
उहु तलाई हान्दैन त्यसले झापु, बरु लुरुक्क पर्छ आफू
मिठो बोलीवचन गर् दुनियाँलाई गर् छस् काबु
तर के गर्नु संसार नै चुतिया छ, साला
जसले मद्दत गर्यो त्यसकै मुखमा मुति हाल्छ, साला
यस्तो चालामाला, टैट! के गरि खाला?
यस्ताको सङ्गत नगर् फोकटमा जिन्दगी जाला
बुझिस्? यस्ताको सङ्गत नगर् फोकटमा जिन्दगी जाला
त्यसैले उठ् तँ, जुट् तँ, कहिले नझुक् तँ
जिन्दगी प्रश्न हो आफै खोज्नुपर्छ उत्तर
सोझोपन देखाउदा सबैजना हुन्छ बर्ता
हातमा छुरा बोकि थुतुनोले चर्चा
हाँस्छ आँखा बन्द गरि कसैलाई दुःख पर्दा
भोज भतेरमा घुइँचो, मलामी छैन मर्दा
कालो बादलले घेर्यो तेरो संघर्षको बाटो यो
स्यालको पेट भर्यो मात्र खाली भाँडो लाटोको
यहाँ रुदारुदा तेरो आँसु सबै सुक्छ
राम्रो बाटो हिँड्न खोज्दा भिरालोमा पुग्छ
सफलतामा डाहा, ईष्र्यालूहरूले थुक्छ
बाल नदेन कुकुर रूलाई भुक्नेले भुक्छ
जङ्गली हो तिनीहरू मात्र रगत चुस्छ
बिरामी छस् मनबाट छैनस तन्दुरुस्त
तेरो मन सफा छ, तलाई यतिले नै पुग्छ
सपना पूरा गर अनि हुन्छ्स त मुक्त
बरु खुसी हुन थाल, पखाल मनको घाउ
अघि बढौ हामी एक अर्काको हात समाउ
रिस राग हटाउ अनि खुसी बाडन जाउ
हे भगवान, हेला होइन सबलाई माया गर्न पाउ
बरु खुसी हुन थाल्, पखाल् मनको घाउ
अघि बढौँ हामी एकअर्काको हात समाउँ
रिस राग हटाउँ अनि खुसी बाडन जाउँ
हे भगवान, हेला होइन सबलाई माया गर्न पाउँ
Yeah, yeah
Praise
Written by: Suraj Sagar Thapaliya
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...