Music Video

Featured In

Credits

PERFORMING ARTISTS
Anand Karki
Anand Karki
Lead Vocals
COMPOSITION & LYRICS
Neer Samsher Jabara
Neer Samsher Jabara
Songwriter

Lyrics

नरिसाऊ है त नरिसाऊ है त, भनूँ म साँचो तिम्रो के मन पर्छ? नरिसाऊ है त, भनूँ म साँचो तिम्रो के मन पर्छ? तिमीले पनि नढाँटी भन मेरो के मन पर्छ तिमीले पनि नढाँटी भन मेरो के मन पर्छ नरिसाऊ है त शीतको थोपा अडेको भन्दा झरेको मन पर्छ शीतको थोपा अडेको भन्दा झरेको मन पर्छ खुशीको भन्दा रिसाई तिमी झर्केको मन पर्छ नरिसाऊ है त उदयभन्दा अस्ताको बेला गोधूलि मन पर्छ उदयभन्दा अस्ताको बेला गोधूलि मन पर्छ लोलाको भन्दा टोलाको आँखा साह्रै मन पर्छ नरिसाऊ है त कात्तिकको भन्दा चैत्रको धुस्रो हिमाल मन पर्छ कात्तिकको भन्दा चैत्रको धुस्रो हिमाल मन पर्छ चिल्लेको भन्दा फिँजेको फुस्रो कपाल मन पर्छ नरिसाऊ है त, भनूँ म साँचो तिम्रो के मन पर्छ? नरिसाऊ है त, भनूँ म साँचो तिम्रो के मन पर्छ? तिमीले पनि नढाँटी भन मेरो के मन पर्छ तिमीले पनि नढाँटी भन मेरो के मन पर्छ नरिसाऊ है त नरिसाऊ है त Mmm-hmm ला-ला, ला-ला-ला
Writer(s): Neer Samsher Jabara Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out