album cover
Mann Saili
album cover
Mann Saili was released on April 18, 2023 by Music Dot Com as a part of the album Namaste
AlbumNamaste
ReleasedApril 18, 2023
LabelMusic Dot Com
BPM81
Melodicness
Acousticness
Valence
Danceability
Energy

Music Video

Music Video

Lyrics

मन साइँली, तिमी स्वर्गकी परीजस्ती
आहै, नेपाली भेषैमा
मन साइँली, तिमी स्वर्गकी परीजस्ती
आहै, तामाङनी भेषैमा
आहै, गुन्यू र चोलीमा
भेट हुने दिन आउँदै छ हाम्रो, कुरेर बस्नू है
भेट हुने दिन आउँदै छ हाम्रो, कुरेर बस्नू है
चिनो मायाको लिएर आउँछु म साइनो गाँस्नलाई
ज्यान साइँली, तिमी गुराँसको फूलजस्तो
आहै, शेर्पिनी भेषैमा
आहै, आङ्गी र बक्खुमा
मन साइँली, तिमी चमेली फूलजस्तो
आहै, नेवारी भेषैमा
आहै, हाकुपटासीमा
हो, साइँला, हो, भुल्यौ कसो बाचा बाँधेको?
हो, साइँला, हो, बिर्स्यौ कसो गाउँको गोरेटो?
चिठी र पत्र म कति कोरूँ तिम्रो मन बुझाउन?
चिठी र पत्र म कति कोरूँ तिम्रो मन बुझाउन?
नझार आँसु, छुट्टीमा आउँछु तिमीलाई भेट्न
दिल साइँली, तिमी आकाशको जूनजस्तो
आहै, गुरुङनी भेषैमा
आहै, मखमली चोलीमा
दिल साइँली, तिमी कमलको फूलजस्तो
आहै, किराँती भेषैमा
आहै, शेर्पिनी भेषैमा
आहै, नेवारी भेषैमा
आहै, गुरुङनी भेषैमा
आहै, तामाङनी भेषैमा
आहै, नेपाली भेषैमा
Written by: Aashusen Lama
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...