album cover
Prashna
1
Hip-Hop/Rap
Prashna was released on December 21, 2019 by Trap Nepal as a part of the album Daud
album cover
AlbumDaud
Release DateDecember 21, 2019
LabelTrap Nepal
Melodicness
Acousticness
Valence
Danceability
Energy
BPM73

Credits

PERFORMING ARTISTS
Symfamous
Symfamous
Performer
COMPOSITION & LYRICS
Suraj Sagar Thapaliya
Suraj Sagar Thapaliya
Composer
PRODUCTION & ENGINEERING
BeatsByHype
BeatsByHype
Producer

Lyrics

म को हुँ? यो कुरा आज मलाई जान्न मनलाग्यो
हरेक जीवनको आफ्नै महत्व हुँदो हो भने
हरेक जीवनको आफ्नै लक्ष्य हुँदो हो भने
भगवान भनी देऊ मलाई किन तिमीले जन्मायौ
मान्छेको हुलमा पागल सरि भौतारिंदै
दौडिँदा दौडिँदै थाके मेरो लागि चौतारी खाई?
कस्तो असल मन छस्, कस्तो खालको छट्पटी
अरूको खुसीकोलाई आफ्नो खुसी पर्छ बन्दकी
पैसा नै जीवन हो एक मात्र लक्ष्य हो
खुसीले भरिपूर्ण हुन्छ जीवन महलमा बस्नेको
मेरा सब प्रश्नहरूको उत्तर मलाई चाहियो
यो अन्याय किन भनि स्पष्टीकरण पाइयोस्
म बाहेक सबजना खुसी छन् जस्तो लाग्छ
थाह छ यो सब कुरामा तिम्रो नै त हात छ
भगवान, तिमी यस्तो पक्षपाती किन?
साँस सकिएला मेरा प्रश्न कहिले सकिन्न
कतै गल्ती त गरिनँ मैले यो बाटो रोजी?
सँगर्षमै मेरो जीवन वितिजाने हो कि?
कहिले हुने सफल कहिले भरिएला गोजी
कति टाढा पुगिएला सपनाको भारी बोकी
प्रश्न धेरै छन् उत्तर कहीं भेट्दिन
दिउँसोको उज्यालोमा पनि आफ्नो बाटो देख्दिनँ
भविष्यको सोची वर्तमान खेर फाल्छु
आफ्नो जलेको सपनाको अस्तु आफै तार्छु
वास्तविकताबाट सधैं टाढा भाग्छु
सगरमाथा भन्दा ठूलो महत्वकांक्षा म राख्छु
मेरो मात्र हैन समस्या सबको साझा छ
असफलताको घाउ अझै पनि ताजा छ
फल चाहिन्छ पुरै तर काम भने सधैं आधा छ
कहिले पनि नरोकिने प्रश्नहरुको धारा छ
Written by: Suraj Sagar Thapaliya
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...