Music Video
Music Video
Credits
COMPOSITION & LYRICS
Astha Tamang-Maskey
Songwriter
PRODUCTION & ENGINEERING
Niraj Tamang
Producer
Binaya Man Amatya
Mixing Engineer
Phil Demetro
Mastering Engineer
Lyrics
माया भनेको
आकाशमा उड्ने
चरी झैँ मुक्त
स्वतन्त्र
हुन्छ
हैन र?
माया भनेको
भोको सागरको
भेद झैँ
गहिरो
असीमित
हुन्छ
हैन र?
डर लाग्छ मलाई
मायाको नाममा
तिमीलाई
बाँध्छु कि?
डर लाग्छ मलाई
मायाको नाममा
तिमीलाई डुबाउछु कि?
डर लाग्छ मलाई
माया भनेको
स्वर्ग झैँ उज्यालो
ईश्वर झैँ विशाल
सम्पूर्ण हुन्छ
हैन र?
माया भनेको
अँध्यारोमा बल्ने
आशाको दीयो जस्तो
उज्यालो
हुन्छ
हैन र?
डर लाग्छ मलाई
मेरो अँध्यारोले
तिमीलाई छोप्छु कि?
डर लाग्छ मलाई
फेरी तिम्रो पनि
मन दुखाउछु कि?
डर लाग्छ मलाई
जीवन धेरै छोटो छ
तर यो वर्तमान क्षणमा
बाँच्छु तिमीसंग
डर लाग्छ मलाई
मेरो एउटै साथी
फेरि गुमाउछु कि?
डर लाग्छ मलाई
Written by: Astha Tamang-Maskey


![Watch Dar (Official Audio) [Lyrics in CC] on YouTube Watch Dar (Official Audio) [Lyrics in CC] on YouTube](https://i.ytimg.com/vi/Ye9wwORbSkE/maxresdefault.jpg)