album cover
Chautari
album cover
Chautari was released on July 5, 2025 by Sajjan Raj Vaidya as a part of the album Behuli - EP
July 5, 2025
LabelSajjan Raj Vaidya
BPM61
Melodicness
Acousticness
Valence
Danceability
Energy

Lyrics

कान्छी, ए, कान्छी, बिर्सौ कि कसो?
मेरो त मन यो तिमीमै फसो नि
फर्किने सपना छ मेरो तिमीकहीँ, लैलै
मित्रलाई सोधी लेख्छौ कि पत्र?
पर्खाइले नै पो लैजाला नत्र
तिम्रै नाउँ गरी आको यो मेरो ज्यान, ल-लहै
वर्षौँअघि छाडी आको तोः घर
सम्झनामा झैँ डाँडैपारि छ र?
तिम्रो मनले म चिन्छ होला नि है? लैलै
छाडी जाँदा थियो मन यो भारी
सम्झिएँ पर्खन्छौ त्यहीँ डाँडापारि
डाँडो त कटौला, आउँछौ चौतारीमै नि है नि?
को छोडी हिँड्यो घर? को फर्की जाँदै छ?
दैलोले चिन्ला र अझै मलाई?
को छोडी हिँड्यो घर? को फर्की जाँदैन?
आँगन छेलीमा सजाऊ मलाई
वर्षौँअघि छाडी आको तोः घर
सम्झनामा झैँ डाँडैपारि छ र?
तिम्रो मनले म चिन्छ होला नि है? लैलै
छाडी जाँदा थियो मन यो भारी
सम्झिएँ पर्खन्छौ त्यहीँ डाँडापारि
डाँडो त कटौला, आउँछौ चौतारीमै नि है नि?
Written by: Sajjan Raj Vaidya
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...