album cover
Zindagi
album cover
Zindagi was released on January 13, 2026 by Taxman Music as a part of the album Zindagi - Single
January 13, 2026
LabelTaxman Music
BPM72
Melodicness
Acousticness
Valence
Danceability
Energy

Lyrics

सोचेजस्तो भए पनि
चाहे झैँ नभए पनि
जिन्दगी त मेरै हो नि
चाहे जस्तै भए पनि।
फूलमा लगी राखुँ भन्छु
पानी जस्तै बनुँ भन्छु
घाउ कतै देखेँ भने
मलहम बनी छोउँ भन्छु।
मैले फेर्ने सासले पनि
नबिझावोस् कसैलाई
मुस्कान बाँडी जिउन पाउँ
जुनै दिशा हिँडे पनि।
भूलै भूल भए पनि
सुधारेर बाँचिदिउँला
जिउन गाह्रो परे पनि
संघर्षमै हाँसिदिउँला
साथी कतै भेटे पनि
साथीहरू छुटे पनि
मान्छे बनी बाँच्न सकुँ
जतिसम्म बाँचे पनि।
सोचेजस्तो भए पनि
चाहे झैँ नभए पनि
जिन्दगी त मेरै हो नि
चाहे जस्तै भए पनि।
Written by: Jaggi Sanghera, KV Singh
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...