album cover
Timro Aankha
album cover
Timro Aankha was released on December 2, 2019 by Suman Thapa as a part of the album Timro Aankha - Single
December 2, 2019
LabelSuman Thapa
BPM80
Melodicness
Acousticness
Valence
Danceability
Energy

Lyrics

आऊ मेरो नजिक, हाम्रो धड्कन साटी हेरौँ
तिमी सुन, म सुनाउँछु मनभरिका मेरा मायाका धुनहरू
तिम्रो आँखामा डुबी हेर्दा मेरै आकृति भेटाएँ
तिम्रो ओठलाई चुमी हेर्दा मायाको अर्थ थाहा पाएँ
तिम्रो हातलाई थामी बस्दा साथको अर्थ थाहा पाएँ
भन्नु मेरो यति नै हो तिमीलाई अब
मन मेरो आत्तेको बेलामा हाँसो तिम्रै सहारा बनोस्
गर्मीले सताउँदा तिम्रै केशको शीतल छहारी मिलोस्
दिनलाई घाम, रातलाई जूनझैँ मलाई तिम्रो भर
हो, अँगालो तिम्रै होस् मेरो थाकेर पुग्ने घर
हो, अँगालो तिम्रै होस् मेरो थाकेर पुग्ने घर
आऊ मेरो नजिक, हाम्रो धड्कन साटी हेरौँ
तिमी सुन, म सुनाउँछु मनभरिका मेरा मायाका धुनहरू
रूखो-रूखो मेरो जीवनमा आयौ तिमी बर्खाको शीतल झरी बनी
माया, यति धेरै माया नदेऊ तिमी मेरो मुटुले थाम्नै नसक्ने गरी
ओ-हो-हो-हो-हो
जे छ मेरो सबै तिमी नै हौ, सधैँभरि यसै गरी माया गर
छौ तिमी सधैँ नै सँगै, यो आशा होइन, भरोसा मेरो
दुई-चार वर्षको हैन, यो नाता हाम्रो जुगौँजुगको हो
एक्लो यो मनको अब तिमीबिना को नै छ र?
हो, अँगालो तिम्रै होस् मेरो थाकेर पुग्ने घर
हो, अँगालो तिम्रै होस् मेरो थाकेर पुग्ने घर
आऊ मेरो नजिक, हाम्रो धड्कन साटी हेरौँ
तिमी सुन, म सुनाउँछु मनभरिका मेरा मायाका धुनहरू
Written by: Suman Thapa
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...