album cover
Kathaa
album cover
Kathaa adlı parça {albumName} albümünün bir parçası olarak Trap Nepal tarafından 3 Ağustos 2018 tarihinde yayınlandıKathaa - Single
3 Ağustos 2018
FirmaTrap Nepal
BPM89
Melodiklik
Akustiklik
Valence
Dans Edilebilirlik
Enerji

Şarkı sözleri

Ayy, yeah
Ayy, yeah
आज म जसोतसो आफ्नो पेट पालिराछु
पुरनो गाउँ पुर्खैली खेत बारीमा छु
डाँढा परी जान्छु दौराको भरी हाल्छु
जसरी भए पनि दुःख गरी बाचीरा छु
साथमा परीवार आमाबाउ छोराछोरी
खुसी छु म सुत्न पर्या छैन बोरा ओधि
के होला भोलि सपना बुन्न छाढि सके
जितको आश छैन किन कि म हरी सके
धन कमाउनलाई जब घर मैले छादी गाथेँ
बाकीको पुरा दश बर्षा म खाडीमा थेँ
बिदेश तिरा जानु पर्यो सब थोक छोदेर
सोची राथेँ बस्नु पर्ला घर जग्गा जोडेर
तर तेस्तै पारा खै त?
कमाइ नै हुँदैन खान बस्न ठिक्क पैसा
मलाई नै पुग्दैन
छोराछोरी हुर्किदै छ खर्च दिनै पर्यो
थोरै पैसा जम्मा गर्द वर्ष दिन नै गयो
बाटो खोज्द बाटो पाइन
फल्नेफूल्ने माटो पाइन
सायद भुल गरे मैले
भगवान गुहार्दै मन्दिर धाइन
सोचेको जस्तो हुँदैन केहि
रुझेको थेँ आँशुमा दुबेकोले
बुझे मैले, यो जीन्दगी काट्न त्यो रिण पनि
काम गरे दिन भरि
तर म एक्लो छु यहाँ साथ कस्ले दिन्छ नि?
दिनहरु जबरजस्ती कत्दै थिए मैले
फेरी निद्राइ नलग्ने रात कत्ने कहिले
भुइ पुसिराछु त्यही माथि लात खाए जहिले
कमै राम्रो छ भनेर घरमा ढाँत्दै थिए मैले
तर कसरी लुकाउ यो सबै कुराहरु
बोरु अाधा काँचो सपनालाई अझै पुरा गरु
भन्ने सोचले पसे म सैदीमा
गाह्रो भा थियो मलाई त्यहाँ राम्रो ठाउँ लिन
सहन्थे पानी असिनो चर्को घाममा पसिनो
मन थियो राम्रो लौन खान मिठो मसिनो
परिवारलाई के थाँ बाहिर कति गाह्रो छ
बरु ठिक हुन्थ्यो लाउरे तिरै भर्ती भाको भा
पुरनो सबै साथी गाडी चढि राकोछ
काठमाडौंमा घर हातमा सुनको घडी लाकोछ
पछि परी राको त यता मै मात्र होल
अनि आज बन्ने काम भोली सारी रको छ
जति गरे पनि सकिन उभो लग्न
छैन आहिले तागत यो मेरो बुढो हातमा
छोरीलाई क्याम्पस पढनलाई खर्च दिनै पर्यो
छोराको बिहे गरिदेउ भन्या वर्षदिनै गयो
बाटो खोज्द बाटो पाइन
फल्नेफूल्ने माटो पाइन
सायद भुल गरे मैले
भगवान गुहार्दै मन्दिर धाइन
मेरो मन भित्र कता कता कस्तो भैराछ
नत्र एछिन आनन्दले बस्न नै पाछ
दुःख भन्या के रहेछ प्रस्टै भो आज
अनि मैले के भोगी राछु कस्लाई पो थाँ छ?
कसैलाई थाहा छैन मेरो मन को पिडा
आज आफूले आफूलाई नै गरी राछु घृणा
मन भित्र झनझनै घाउ बढी रह्यो
म बिदेश तिरै हुँदा मेरो बाउ पनि मर्यो
आफ्नै दाजु भाईले हेपिराछ
कहाँ हुनु तेती मात्र घर भित्रको नाटक
यो छिमेकीले देखिराछ
काठमाडाैँमा छोरा आफ्नै तालमा छ मस्त
मर्न लग्या बाउ आमलाई एक्लै छाढि बस्छ
छोरो बन्यो ट्यापे गित गाउछ मुख छाडेर
झैझगडा गर्छ साला हिद्छ हुल बाधेर
दबाइ सबाइ खानछ अरे सुने यस्तै खबर
बचाइ देउ मेरो छोरालाई गर्देउ कसैले मदत
बिचरा सनो हुँदा मार्छ कि भन्ने डर
अहिले ठूलो भयो तर छैन त्यस कै भर
हुर्कयो बढायो राम्रो स्कुलमा पढायो
मैले दुःख गरी कमाको नि त्यसैले सकायो
भाको एउटा छोरा पनि काम लगेन
दुःख बिर्स्यो यस्ले बौआमको नाम राखेन
छोरीले भन्छ मेरो जिउमा किन लाग्यो आगो
खै त मेरो हात मलाई भयो धेरै गाह्रो?
त्यस्तो हैन नानी तिम्रो जन्म यस्तै भाको
तपाइँ चुप लाग्नुस् बुबा मलाई सबै कुरा थाहा भो
कसरी भनै म? कसरी बुझाउ?
धेरै भयो पिडा छोरीलाई कति रुवाअै
बिचारीको हात जल्यो भागयले घात गर्यो
जब ठूली हुँदै आयो उसलाई अहिले लाज भयो
माफ गरिदे छोरी सकिन तँलाई सिहार्न
मर्दैछ तेरो बौ भेट्न आइजे मलाई चिहानमा
आफै दुःख गर्नु तिमी मनमा इख भर
आफ्नो काममा जानु समयमा आउनु घर
के गर्नुछ र म त मर्छु क्यारे अब
यस्तै भयो छोरी तिमी मलाई माफ गर
जादैछु अब म आको थिएँ जहाँ बाट
बाबुलाई भेट्न नपाको नि बित्यो आठ वर्षा
समिरको मुख हेर्न मन लागि राथ्यो मलाई
मर्छु होला म त छोरोलाई भेट्न नपाई
बाटो खोज्द बाटो पाइन
फल्नेफूल्ने माटो पाइन
सायद भुल गरे मैले
भगवान गुहार्दै मन्दिर धाइन
बाटो खोज्द बाटो पाइन
फल्नेफूल्ने माटो पाइन
सायद भुल गरे मैले
भगवान गुहार्दै मन्दिर धाइन
Written by: Suraj Sagar Thapaliya
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...