album cover
Aashish
Turnede
album cover
Aashish adlı parça {albumName} albümünün bir parçası olarak Bipul Chettri tarafından 12 Mart 2019 tarihinde yayınlandıAashish - Single
12 Mart 2019
FirmaBipul Chettri
BPM69
Melodiklik
Akustiklik
Valence
Dans Edilebilirlik
Enerji

Şarkı sözleri

इन्द्रेनी रङ्गको छ तिम्रो निर्मल संसार
कमलको फूलझैँ तिम्रो कमलो मुहार
साना-साना पाइला हिँडे ठूला-ठूला आशा बोकेर
जगतलाई उज्यालो पार्ने तिम्रो हँसाइ
हृदयमा छापिने साँचो तिम्रो हेराइ
तिम्रो खुशीमा नै मेरो खुशियाली गाँसिएछ
जीवनको बाटोमा तिमी सधैँ अघि बढ
सफलताको शिखर तिमी सधैँ माथि चढ
जीत भए हार, दुवैलाई स्विकारेर हिँड
अहङ्कारलाई तिमी कहिल्यै आफ्नो नबनाउनू
अत्याचार कसैको कहिल्यै-कहिल्यै नसहनू
सुख भए पनि दुःखलाई नबिर्सिराख्नू
आशिष् मेरो यो, "तिमी फलिफुलिरहोस्"
प्रार्थना छ मेरो, "तिमी सधैँ सुखी रहोस्"
अन्धकारमाझ उज्यालो दीप नै बनोस्
ममता तिमी हौ, तिमी नै हौ लक्ष्मी
सुन्दरता तिमी हौ, तिमी सबै हौ, छोरी
मेरो खालि होइन, संसारकी हौ तिमी रानी
नाच है, नानी, जिन्दगीलाई अँगाली बाँच है
नाच है, नानी, डम्फुको तिमी तालैमा नाच है
पीर आए गमले नाच, सुख पाए खुशीले नाच
नाच है, नानी, जिन्दगीलाई अँगाली बाँच है
नाच है, नानी, डम्फुको तिमी तालैमा नाच है
पीर आए गमले नाच, सुख पाए खुशीले नाच
नाच है, नानी, जिन्दगीलाई अँगाली बाँच है
नाच है, नानी, डम्फुको तिमी तालैमा नाच है
पीर आए गमले नाच, सुख पाए खुशीले नाच
नाच है, नानी, जिन्दगीलाई अँगाली बाँच है (ल्हास्सो, ल्हास्सो)
नाच है, नानी, डम्फुको तिमी तालैमा नाच है (ल्हास्सो, ल्हास्सो)
पीर आए गमले नाच, सुख पाए खुशीले नाच
नाच है, नानी, जिन्दगीलाई अँगाली बाँच है (ल्हास्सो, ल्हास्सो)
नाच है, नानी, डम्फुको तिमी तालैमा नाच है (ल्हास्सो, ल्हास्सो)
पीर आए गमले नाच, सुख पाए खुशीले नाच है
Written by: Bipul Chettri
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...